Wednesday, September 8, 2010

प्रचारप्रसार अभाबमा थुम्कीडाँडा ओझेलमा



इलाम
पर्यटनको संभावना बोकेको इलामको पश्चिमी गाविस मंगलबारे र शन्तिडाँडाको बिचमा रहेको गुफाथुम्की डाँडा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
पर्यटन विकासको सम्भावना भएको गुफाथुम्की डाँडालाई सरकारी निकायले वेवास्ता गर्दा ओझेलमा परेको हो ।
ल्ाामो समयसम्म लाप्चाको लामाहरुले ध्यान बसेको गुफाथुम्की डाँडाबाट जिल्लाको ४८ वटै गाविसहरु सजिलै देख्न सकिन्छ । सो डाँडाबाट नेपालको तराईका फाटहरु विभिन्न हिमश्रृङखला पुसमाघमा झुल्केघा प्रस्ट देख्न सकिने शान्तिडाँडाका मणीकुमार राईले बताउनु भयो ।
पर्यटकहरुको लागि रमणीय पिकनिक स्पोर्ट बन्नसक्ने सम्भावना भएको गुफाथुम्की डाँडालाई सरकारी निकायले ओझेलमा पारेको मंगलबारेका अशोक श्रेष्ठले बताउनु भयो । स्वीजरल्याण्डको झल्को दिने यी डाँडाको विषयमा सरकारी निकाय गम्भी हुने हो भने पर्यटन विकासको राम्रो संभावना हुने उहाँले बताउनु भयो ।
लाप्चा समुदायका लामाहरु लामो समयसम्म गुफा बसेको हुनाले डाँडालाई गुफाथुम्की भनिएको हो । डाँडाबाट पर्यटकहरुको लागि प्याराग्याईडिङ्ग जस्ता खेलहरुको पनि सम्भाव्य अध्ययन गर्न सकिने मंगलबारेका शेखर रिजालले बताउनु भयो । यसको अध्ययन पर्यटन बोर्डलाई आग्रह गरेको स्थानीयवासीले बताएका छन् ।
मंगलबारे र शान्तिडाँडा गाविसका स्थानीयले दर्जन बढी थुम्कहरुमा चढ्ने सिँडीको निर्माण गरेका छन् । एउटा थुम्काबाट अर्को थुम्कामा पुग्न समस्या भएकोले सिँडी निर्माण गरेको स्थानीयले बताएका छन् ।
इलाम सदरमुकामदेखि ३० किलोमिटर पश्चिममा रहेको गुफाथुम्की डाँडा पर्यटनको राम्रो संभावना बोकेको क्षेत्र हो । मंगलबारे गाविसको बुधबारे बजारदेखि ४५ मिनेट उत्तरमा रहेको गुफाथुम्की डाँडा आसपासमा विश्वकै दोस्रो ठूलो लालिगुराँसको रुख पानीटार चिया बगान अवलोकन गर्न सकिने मंगलबारेका राम राईले बताउनु भयो ।
विश्वकै दोस्रो ठूलो गुरास यसै क्षेत्रमा रहेको बताईको छ । स्थानीयले आफ्नै लगानीमा थुम्कीको फेदमा कृत्रिम पोखरीको समेत निर्माण गरेका छन् ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु