Wednesday, September 8, 2010
पूर्वको जनजीवन प्रभावित
भदौ२३
संघीय लिम्बूवान राज्य परिषद साजुहाङ्ग पालुङ्वा समुहले विभिन्न माग राख्दै आब्हान गरेको आमहड्तालका कारण बुधबार मेची र कोशी अाचलको जनजीवन प्रभावित भएको छ ।
परिषदको बन्दका कारण पूर्वको मेची राजमार्ग कोशी राजमार्ग र पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इटहरी पुर्वमा सार्वजनिक सवारी साधनहरु साचालन भएनन् ।
बन्दको कारण यस क्षेत्रका बजार पसलहरुमा समेत आंशिक रुपमा प्रभावित भएको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आमहड्ताल भनिए पनि उद्योग कलकारखाना शैक्षिक संस्था र निजी सवारी साधनहरु भने साचालनमा रहेको प्रहरीले जनाएको छ ।
परिषदले विभिन्न समयमा भएका सहमतिहरु सरकारले कार्यान्वयन गर्नुपर्ने कोशी पुर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने पक्राउ परेका कार्यकर्ताहरुलाई विनाशर्त छोड्नुपर्ने लगायतका माग राख्दै एक दिने आमहड्ताल गरेको हो ।
यसैबीच इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ज ९४१ नम्वरको माइक्रो बसमा बन्दकर्ताले धरान ८ स्थित तिनकुनेमा तोडफोड गरेका छन् । धरानमै भारतको दरभंगाबाट विरामी लिएर आएको विआर ०६ टि ९६६० नम्वरको भारतीय टोयटा गाडी समेत तोडफोड भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment