Saturday, September 11, 2010

पूर्वराजा ज्ञानेन्द्र आज विराटनगर आउने आयोजकले निम्ता फिर्ता लिएको भनेर ढाँटेको पुष्टि

विराटनगर २५ भदौ÷ विराटनगरका केही उद्योगी व्यसायीहरुले राजनीतिक र सामाजिक विरोधका बिच पू्र्वराज ज्ञानेन्द्र शाहलाई आज शनिबार विराटनगर ल्याउने भएका छन् ।
पूर्वराजा बोलाउने कार्यक्रम सार्वजनिक भएपछि बढेको चौतर्फी दबाबमा आयोजकहरुले उनलाई ल्याउने कार्यक्रम फिर्ता गरेको गलत प्रचार गरी अन्ततः ज्ञानेन्द्रलाई विराटनगर ल्याउने भएका हुन् ।
विराटनगरमा हुने गणपति महोत्सवमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्रलाई निम्ता गरेका आयोजकले एकीकृत माओवादीका भातृ संगठनहरु र सामाजिक विरोधपछि कार्यक्रम फिर्ता गरको प्रचार गरेका थिए । तर उनीहरुको त्यो प्रचार थप विरोधलाई रोक्नको लागि मात्र भएको स्पष्ट भएको छ ।
मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा त्यसको विरुद्ध गतिबिधी गर्दै हिडेका ज्ञानेन्द्र शाहलाई विराटनगर ल्याउनु गलत भएको विराटनगरवासीको मत भएपनि व्यवसायको नाममा चाकडी र चाप्लुसीमा रामाउने समुहले उनलाई विराटनगर ल्याउन लागेको हो । धर्मको नाममा प्रतिगामी राजनीति गर्ने ज्ञानेन्द्रलाई बोलाएर आयोजकहरुले गणतन्त्रको अपमान मात्र गरेका छैनन् आम साचारकर्मीलाई समेत गलत प्रचारमा उपयोग गरेको स्पष्ट भएको छ ।
बिहीबार राजावादी र आयोजकहरुले विराटनगरमा उनीहरु निकटका र छानिएका केही पत्रकारहरुलाई मात्र बोलाएर ज्ञानेन्द्रलाई आपुूहरुले जसरी भएपनि ल्याएरै छाड्ने जानकारी दिएका थिए । ज्ञानेन्द्र ल्याएर सामाजिक कलह बढाउने काम आपुूहरुले गर्न नचाहेको भन्दै निमन्त्रण फिर्ता लिएको प्रचार गर्ने गणपति महोत्सब ससितिले सरकार र सुरक्षा निकायलाई लिखित रुपमा ज्ञानेन्द्रको सुरक्षाको प्रबन्ध मिलाउन निवेदन दिएको छ ।
विराटनगर १२ स्थित सरस्वती उच्च माविमा रहेको गणपतिको मुर्ती स्थलमा ज्ञानेन्द्र शाह आउने भएपछि कडा सुरक्षा प्रहरीले दिइरहेको छ । ज्ञानेन्द्र सहभागी हुने कार्यक्रममा विरोधका घटना हुन नदिन कडा सुरक्षा व्यावस्था गरिने उच्च सुरक्षा स्रोतले बताएको छ ।
आयोजकहरुले ज्ञानेन्द्र शाहलाई स्वागत गर्न पूर्वााचलका विभिन्न जिल्लाका राजावादीहरु विराटनगरमा जम्मा गर्ने भएका छन् । राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र राजतन्त्रको पक्षमा विराटनगरमा नारावाजी समेत गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
राजावादी र आयोजकहरुले दिएको जानकारी अनुसार ज्ञानेन्द्र विहान साँढे दश बजे विमास्थलमा उत्रनेछन् । उनी त्यहाँबाट पूर्वका विभिन्न जिल्लाबाट विराटनगरमा आयोजकले जम्मा पारेका राजावादीहरुको लस्करमा नाराबाजी बिच ठाकुरवाडी रोडमा रहेको जानकी मन्दिरमा पुजा गर्ने र त्यसपछि नजिकै रहेको सरस्वती उच्च माविमा गएर गणपति महोत्सवको उद्घाटन गर्ने बताइएको छ ।
ज्ञानेन्द्रले विराटनगरमा राजावादी व्यवसायी र राप्रपाका नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु