Saturday, September 18, 2010

प्रचण्डले उम्मेदवारी फिर्ता लिने


+++++एमाले र माओवादीबीच तीन बुँदे ++++++++++++
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनुभएको छ ।
नेकपा एमाले र माओवादी शीर्ष नेताहरुबीच शुक्रबार भएको तीन बुँदे सहमति अनुसार अध्यक्ष प्रचण्डले आपुनो उम्मेदवारी फिर्ता लिनुभएको हो ।
परिणामहिन निर्वाचनको श्रृंखला गलत भएको ठहर गर्दै दुबै दल आगामी १० गते हुने प्रधानमन्त्री निर्वाचनमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री निर्वाचनको वर्तमान प्रकृया अन्त्य भएर नयाँ प्रकृया आरम्भ नभएसम्म निर्वाचन प्रकृरयामा दुबै दल सहभागी नहुने सहमति कायम भएको छ ।
प्रचण्डलले उम्मेदवारी फिर्ता लिएपछि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल आगामी निर्वाचनमा एक्ला उम्मेदवार हुनेछन् । संविधान सभामा प्रतिनिधित्व गर्ने ठूलो दल माओवादी र तेस्रो ठूलो दल एमाले निर्वाचन प्रकृयामै सहभागी नभएपछि पौडेलको पक्षमा बहुमत जुट्न असंभव छ ।
एमाले नेता केपी ओली र प्रधानमन्त्री माधबकुमार नेपालले काँग्रेसलाई प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने दबाब पार्टीमा दिइरहेको बेला दुई दलबीच नयाँ सहमति कायम भएको हो । दुई नेताबीचको वार्तामा नेपाली काँग्रेसलाई पनि उम्मेदवारी फिर्ता गर्न आग्रह गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीका लागि जारी निर्वाचन प्रकृयाले कुनै निश्कर्ष दिन नसक्ने निचोडमा दुबै दल पुगेको उनीहरुले बताएका छन् । सहमतिपछि एमाले अध्यक्ष ´लनाथ खनालले दुई दलबीच भएको सहमतिले अब नेपालको राजनीतिले नयाँ कोल्टो फेर्ने बताउनु भयो ।
सहमति पत्रमा एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्नुभएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु