
काठमाडौं,२२ भदौं।
नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा मंगलबार सयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठक बस्दैछ । बैठकमा नेपालस्थित राष्ट्र संघीय मिसन अनमिन प्रमुखले पछिल्लो घटनाक्रमबारे पाँच स्थायीसहित पन्ध्र सदस्यीय सुरक्षा परिषदलाई जानकारी गराउने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार मंगबारको बैठक नेपाली सेनाको अनुगमन र अनमिन समयावधिको सम्बन्धमा नेपाली सेनाको पछिल्लो लबिङको सम्बन्धमा बढी केन्द्रित हुनेछ । नेपाल सरकारले अनमिनको समयावधि चार महिना थप्न प्रस्ताव गरेको छ ।
सुरक्षा परिषदको बैठकमा राष्ट्र संघका महासचिव वान कि मुनको प्रस्ताव सम्बन्धमा समेत छलफल हुने कार्यक्रम छ । अनमिनको कार्यादेश र म्याद थप सम्बन्धमा सरकार एवम् दलहरुको बीच विवाद भइरहेकै बेला महासचिव मुनले अहिलेकै कार्यादेशमा अनमिनको म्याद थप्न सुरक्षा परिषदसँग प्रस्ताव गरेका छन् ।
बैठकमा सरकारकोतर्फबाट राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले आफनो धारणा राख्ने छ । नेपाली स्थायी नियोगका डेपुटी एम्बासडर शंकर बैरागीका अनुसार बैठकमा अनमिन र नेपाल सरकारको आधिकारिक भनाईपछि सुरक्षा परिषदले केहि दिनपछि निर्णय गर्नेछ । आगामी भदौ ३० मा अनमिनको समायवधि समाप्त हुँदैछ ।
No comments:
Post a Comment