Saturday, September 11, 2010

इटहरीमा सार्वजनिक बहस

इटहरी,
सुनसरीको इटहरीमा आयोजित सार्वजनिक सुनुवाइमा सुनसरीका जिल्लास्तरीय नेताहरुले नेतृत्वलाई मिलेर जान आग्रह गरेका छन् ।
जेसिज सप्ताहको अन्तीम दिन विहीबार आयोजित बहसमा दलहरु अडान छोडेर सहमति कायम गर्नुपर्ने सल्लाह दिएका छन् ।
कार्यक्रममा उपस्थिगत सुनसरीका राजनीतिक दल राजनीतिक विश्लेषक तथा व्यवसायीहरुले सर्वसाधारणले निकै दुःख पाएको बताएका छन् । राजनीतिक सहमति कायम गरेमा मात्र सर्वसाधारण जनताले राहत महसुस गर्ने कार्यक्रमका सहभागीहरुले बताए ।
कार्यक्रममा एकीकृत माओवादीका जिल्ला इाचार्ज मुकेश एमालेका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी नेपाली काँग्रेसका सुबोध घिमिरेलगायतले बोलेका थिए । सप्ताहको अन्तिम दिन आयोजित उक्त कार्यक्रमले सर्वसाधारणका गुनासालाई राजनीतिक दलका नेतृत्वसम्म पुर् याउन सहयोग गर्ने इटहरी जेसिजका अध्यक्ष मोहन प्याकुरेलले बताउनु भयो ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु