Saturday, September 18, 2010

नेपाली काँग्रेसको महाधिवेशनः नक्कली समाजवाद कि वैज्ञानिक समाजवाद

देबेन्द्र पौडेल ( सुनिल)

देशको आगामी शासन प्रणाली र राज्य स्वरुपबारे छलफल एवं बहसहरु चलिरहेको बेला देशको दोस्रो ठुलो पार्टी आफ्नो महाधीवेशनको आन्तरिक प्रकृयामा छ । नेपालको ईतिहासमा बिपी कोइराला र पुष्पलालले भिन्न भिन्न मोडलका दुई प्रकृयाका समाजवादका मार्गचित्र पेस गरेका थिए । कमरेड पुष्पलालले नयाँ जनवादी क्रान्ति हुदै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने भनेका थिए भने बिपी कोईरालाले राजतन्त्र हुदै अर्थात राजालाई संविधान भित्र ल्याउदै प्रजातान्त्रिक समाजवादमा जाने भनेका थिए । अहिलेको यहाँ उठाउन खोजिएको प्रसंग पुष्पलालतिर अर्थात नेपालको वामपन्थी आन्दोलन तिर भन्दा पनि नेपाली कांगेसले अहिलेको विश्व पस्थितिलाई कसरी बुझ्दछ र नेपालको राजनीति र अर्थप्रणालीलाई कता तिर लैजाने निर्णय गर्छ भन्नेतिर इंगित गर्न खोजिएको छ ।
अहिलेको विश्वलाई चिनेर त्यसै अनुरुप कुन बाटो लिदा भारत र चिनको बिचमा रहेको हाम्रो देश नेपालले विश्वको बदलिदो परिस्थितिमा प्रगती गर्न सक्ने छ भन्नेतिर नेपाली काँग्रेसको चासो गम्भिरता पूर्वक महाधीवेशनमा प्रतिविम्बित हुन जरुरी छ । अन्यथा नेकाको प्रजातान्तित्रक समाजवाद देखाउने दाँत सिवाय अरु केही हुने छैन । बदलिदै गईरहेको संसारको परिस्थिति अनुरुप हाम्रो देशमा पनि त्यसको प्रत्यÔ परोÔ प्रभाव पर्ने भएकाले त्यसै अनुरुप हामी नेपालीले पनि ध्यान पुर् याउन नितान्त जरुरी छ । आजको संसार साम्राज्यवादका आपसी अन्तरविरोधहरु एक आपसमा टक्रराइरहेको अवस्थामा छ । खासगरी दोस्रो विश्वयुद्ध पहिलेको विश्व बहुध्रुवीय चरित्रमा अभिव्यक्त भएको थियो भने दोस्रो विश्वयुद्ध पछि प्राय दुई धु्रवीय परिवेशमा संसार संकेन्द्ररण हुन पूग्यो । अमेरिका र रुसले अलग अलग सैन्य तागत र अलग अलग विचारधारात्मक दृष्टिकोण लिएर संसारमा आफ्नो प्रभाव जमाउन थाले सकि्रय हुन थाले । यी दुई शक्तिका सामु अन्य साम्राज्यहरु क्रमसै कमजोर प्रतित हुन थाले भने कतिपय शक्तिहरु Ôेत्रीय साम्राराज्यवाद विस्तारवाद वा स्थानीय प्रभुत्ववादमा खुम्चिन बाध्य भए । त्यही क्रममा कैयौ देशहरुमा राष्ट्रिय स्वाधिनताका लागि ठूला ठूला संघÈ्रहरु देखा पर्दै जान थाले भने अर्कोतिर भूगोलबाट भूगोल गएर आर्थिक सामाजिक राजनैतिक र सैन्य रुपमा अरु देशहरुमा हस्तÔेप गर्ने साम्राज्यवादी शैलीमा केही परिवर्तनहरु आउन थाले । सूचना प्रविधि र सचारको द्रुततम विकास तथा पँूजींको अधिकतम केन्द्रीकरणले गर्दा विश्व बैंक अन्तर्राटि्रय मुद्रा कोÈहरु जस्ता ठुल ठुला वित्तिय निकायहरुको जन्म हुन थाल्यो । उत्पीडित राष्ट्रहरुलाई शोÈण दोहन गर्नको लागि प्रत्यÔ सलबल सहित उहि भूगोलमा पुग्नु पर्ने अवस्था रहि रहेन ।
एकातिर साम्राज्यवाद र नवसाम्राज्यवादी चरणमा विकसित हुदै गयो र त्यसले बदलिएको परिस्थिति अनुसार आर्थिक उदारीकरण खुल्ला बजार खुल्ला अर्थतन्त्र र भूमण्डलीकृत संरचनाका अवयवहरु तथा पूर्वाधारहरु तयार गर्दै गयो भने अर्कोतिर समाजवादी शिविरहरुको नेतृत्व गर्दै आएको सोभियत रुस आन्तरिक समस्याहरुमा फस्दै गएर समाजवादी राष्ट्रमण्डलका पारस्परिक आर्थिक सहायताहरु कमजोर हुन थाले उदयमान शक्तिको रुपमा विकसित हुदै गएको चीनसँगको तिव्र मतभेदले समाजवादी शिविरमा झनै समस्याहरु थपिदै गएर संसारमा समाजवादी शिविर पनि दुई कित्तामा विभाजन हुदै गयो । पश्चिम युरोपको सभ्यतालाई टक्कर दिदै गएको पूर्वी युरोप रुसको आन्तरिक मामलापछि टुहुरो हुदै जान थालेको थियो भने १९९० सम्म आईपुग्दा रुसमा नयाँ ढंगको परिवर्तन भयो । अमेरिका पश्चिम युरोप अष्ट्रेलिया र जापान जस्ता देशहरुले नवउदारवादी पुँजींवादी बाटोलाई निरन्तरता दिदै जान थाले भने अर्कोतिर विचारधारात्मक रुपमा त्यो प्रकृयासँग असहमत हुदै सोभियत रुस पूर्वी युरोप मध्ये अमेरिका चीन आदि केन्द्रहरु आन्तरिक संकटमा फस्न थाले । फलस्वरुप दुई ध्रुवीय विश्व फेरि बहुध्रुवीय केन्द्रहरुमा बदलिन थाल्यो । सायद बितेका करिब डेढ सय वÈ्रहरुमा जुन रुपमा भए पनि वा जसरी भए पनि संसारलाई प्रभाव पार्ने विश्वदृष्टिकोण वैज्ञानिक समाजवाद नै हुन पुग्यो । यो सिद्धान्तलाई कम्युनिष्टहरुको विचार भन्दै अस्वीकार गर्ने उदार पुँजींवादी शक्तिहरुले पनि समाजवादको अघि वा पछि विभिन्न शब्दहरु जोडेर यो विश्व दृष्टिकोणको पÔलाई आलोचनात्मक रुपमा भए पनि निरन्तरता दिए । आजको विज्ञान प्रविधिले तिव्रतम विकास गरिरहेको संसारमा पनि सबै भन्दा बढि समाजवादी विचारलाई मान्ने शक्ति नै सङख्यात्मक हिसाबले संसारमा विद्यमान छन् । संसारलाई पछि फर्काउन चाहने कैयौं धार्मिक नेताहरु साम्प्रदायिक शक्तिहरुले विज्ञान र प्रविधिलाई प्रयोग गरेर धार्मिक युद्धमा विश्वलाई धकेल्न चाहन्छन् । धार्मिक युद्धले मानवीय नरसंहार भन्दा कुनै नयाँ कुरा दिन सक्ने छैन । फेरि संसारलाई सामन्तवादी युगमा धकेल्ने र वास्तविकताको दलदलमा फसाउने कुरा त्यहां प्रष्ट देखिन्छ । यतिबेला ईस्लामिक कट्टरता र अमेरिकीहरुको तेलमाथिको प्रभुत्व जमाउने साम्राज्यवादी सोचले यहि कुरालाई संकेत गर्दछ । यसका साथै Ôेत्रीय प्रभुत्ववादी धर्म सम्प्रदायहरु पनि आफ्नो अहमतालाई प्रदर्शन गर्दै छन् । यसरी धार्मिक युद्धतिर फर्काउने Èड्यन्त्रका विरुद्ध पनि संसारका वास्तविक समाजवादीहरु सचेत हुन जरुरी छ । यतिबेला अन्तर्राष्ट्रिय स्तरमा नयाँ नयाँ आर्थिक संकटहरु देखा पर्दै गईरहेका छन् ।
खासगरी विश्वको वित्तीय पुँजीवादको नवउदारवादी प्रकृया धरापमा पर्दै गइरहेको छ । वित्त बैंक र सट्टा बजार संकटमा परिरहेको छ । अमेरिकामा मात्रै दशांै लाख साना घर मालिकहरु बंैकको ऋण चुक्ता गर्न असर्मथ भए । त्यसको साथै २००७ मा त्यहाँको धितो बजार गंभिर संकटमा पर् यो । कैयांै भुक्तानी हुन बाँकी ऋणका कारणले बंैकहरुमा करिब दश लाख खरब डलरले विश्वव्यापी घाटा भोग्नु पर् यो । व्यापक हुदै गएको आम्दानीको ह्रास घाटा र सट्टा बजारमा आएको अचानक गिरावटले ठुल ठुला बैंकहरु र ठुलो अर्थतन्त्र मानिएका उदार पुंजीवादी देशहरुको स्वामित्वका बैकहरुको पुंजी रित्तीने अवस्था सिर्जना भयो । यसलाई रोक्नका लागि पचासौं लाख खरब अमेरिकी डलर खर्च गर्दा पनि सन्तुलन कायम गर्न ज्यादै गाह्रो भएको देखियो । पुंजीवादी आर्थिक योजनाका अनुमानहरु फेल हंुदै जान थाले र २००५ देखि २००७ सम्म वित्तीय व्युत्पत्तिको न्युनतम मूल्य दोब्बर भएर ५९६ टि्रलीयन अमेरिकी डलर पुग्न गयो । जवकी एक टि्रलियन बराबर दश लाख खरब हुन्छ । प्राय वित्तीय बजारहरु सट्टा बजार भन्दा बाहिर लागू हुन्छन् अर्थात त्यो सुपरिवेÔण र राष्ट्र राज्यको कानून भन्दा बाहिर हुने गर्दछ । २००७ देखि २००८ सम्मका अनुमानित पुँजीमा विस ट्रीलियन अमेरीकि डलर भन्दा बढि पुँजी अन्तर्राष्ट्रिय सट्टा बजारमा नोक्सान भएको देखिन्छ । अमेरिका लगायतका केही साम्राज्यवादी शक्ति केन्द्रहरुले आफ्नो प्रभुत्व बचाउनको लागि कैयांै आर्थिक प्याकेज कार्यक्रमहरु घोÈणा गरे । अन्तर्राष्ट्रिय बित्त पुँजींले अधिकतम नाफा आर्जन गर्ने विभिन्न उपायहरु खोज्दा खोज्दै देखा परेको यो संकट अहिले पनि जारी नै छ । अझै पनि यो संकट संसारका अन्य धेरै मुलुकहरुमा पुगिसकेको छैन । अनुमान गर्न सकिन्छ कि सन् १९२९ १९८१ १९९१ र २००१ आदिसम्म देखिएको आर्थिक संकट भन्दा अझै जटिल संकट आउने सम्भावना प्रवल छ ।
अहिले सम्भावित विकासका राष्ट्रहरु खासगरी रुस चिन भारत ब्राजिल आदि छन् । जहाँ संसारका कुल जनसङख्या मध्य झन्डै चालिस प्रतिशत मानिसको बसोवास रहेको छ । अबका दिनहरुमा नाफा कमाउने वित्तीय पुजींले यी देशहरुमा आफ्नो लगानी बढाउने देखिन्छ । आगामी दिनहरुमा सायद योजनाहरुको अनुमानित अंशमा असन्तुलन पैदा गर्ने छ र पुँजीं बजार वित्त विदेशी विनिमय सट्टा बजार र बैंकहरुको संकटलाई नयाँ प्रकृयाले सिर्जित गर्ने छ । राष्ट्र राज्यको एकाधिकार पँुजी झन् सिमान्तकृत हुदै जानेछ । राष्ट्रिय अर्थतन्त्रहरु टाट पल्टिने छन् । कानूनी शासन र राजनीतिक परिर्वतन सहित आगामी विश्वअर्थतन्त्रको संकट गहिरो गरी विश्वव्यापी रुपमा आउने छ । यसले निश्चय नै नव साम्रज्यवादी विश्व व्यवस्थाको अस्थिरताको प्रकृयालाई बढाउने छ र आर्थिक आधार र अधि रचनामा भयानक प्रभाव पार्ने छ । यसरी आर्थिक समस्या र अन्तविरोधहरु चर्किदै जांदा प्रतिद्वन्दीहरुसंग सफलता पूर्वक बीसांै सताब्दीमा जस्तो गरी संघÈ्र गर्न सक्ने छैनन् बरु त्यही प्रकृयाको बिचबाट अन्तरसाम्राज्यवादी अन्तरविरोधहरु छताछुल्ल हुने छन् र साम्राज्यवादी युद्धको तयारीमा ती आर्थिक केन्द्रहरु लाग्ने छन् । कतिपय साना पुंँजीवादी मुलुकहरुलाई आत्मसर्मपण गराउदै पराधिन बनाउनतिर लाग्ने छन् । सायद ईराक अफगानिस्थानमा गरिएको सैनिक आक्रमण तथा ईरान र उत्तर कोरीयालाई बारम्बार दिईने अमेरिकी धम्की र नाकाबन्दीले यहि कुराको संकेत गरिरहेको प्रस्ट देखिन्छ । यसरी एक ध्रुवीय हुदै गईरहेको साम्राज्यवादको संकट चौतर्फी रुपमा बढेको देखिन्छ । Ôण Ôणमा हुने यस्ता परिर्वतनहरुले विश्व आर्थिक संकटको विस्फोटन धेरै देशहरुका राष्ट्र राज्यका आर्थिक परियोजनाहरुमा गढबढी खुल्ला र गुप्त रुपमा राजनीतिक संकटहरुको प्रभाव नयाँ नयाँ युद्धका खतराहरु पर्यावरणीय खतरा आदि आजका अन्तर्राष्ट्रिय समस्याहरु हुन् । यसका साथै एक धु्रवीय साम्राज्यवादका बिरुद्ध भेनेजुयला बोलिभिया इक्वेडर कोलम्बीया लगायतका ल्याटिन अमेरिकी देशहरु कतिपय ईस्लामिक देशहरु तथा एसिया र अपि्रुकाका कैयांै देशहरुमा उदारवादी नव साम्राज्यवाद विरोधी संर्घÈका संकेतहरु पनि प्रष्ट देख्न सकिन्छ । साम्राज्यवादका नवऔपनिवेशिक लुट विरुद्ध आफ्नो राष्ट्रिय स्रोतहरुको संरÔण नगरिकन एसिया अपि्रुका र ल्याटिन अमेरिकाका कैयंांै भू-भागमा सामन्ती र पुंजीवादी संरचनाहरुमा विजय प्राप्त नगरिकन नयाँ समाजवादी स्वाधीन विश्व निर्माण हुन सक्दैन । यसरी विश्वको आर्थिक संकटको परिस्थितिलाई हेर्दा हाम्रो देश ज्यादै गम्भिर आर्थिक अवस्थामा अवस्थित छ । भर्खरै सार्वजनिक भएका केही अन्तर्राष्ट्रिय प्रतिवेदनहरुले हाम्रो देशले प्रतिस्पर्धात्मक Ôमता गुमाउदै गएको भनेको छ । विश्वका १४० देश मध्ये हाम्रो अवस्था १३० आंैमा पुग्नुले हामीलाई धेरै गम्भिर बनाएको छ यसकारण प्रत्येक नेपाली गम्भिर हुनै पर्दछ । हाम्रो देशमा व्यवसाय सन्चालन र आर्थिक बृद्धिका समस्याहरुमा अस्थिरता भ्रष्टाचार राजनीतिक अन्यौलता कर्मचारी संयन्त्रको असÔमता श्रम समस्या पूर्वाधारको कमी आदि छन् । एकातिर विशाल चीन र अर्को तिर विशाल भारतको अर्थतन्त्र भित्र रहेको हाम्रो देशले अहिलेको विश्व परिस्थितिमा कुन बाटो लिने भन्ने कुरा प्रष्ट पार्न सक्नुपर्दछ । सामन्तवादी राजनीतिक परिस्थितिले सयांै वÈ्र गाजिएको देशमा तिव्र गतिमा पुंजीवादको विनास हुने सम्भावना थिएन । एकात्मक शाहवंशीय राजतन्त्रको अन्तपछि हाम्रो देश संक्रमणकालको विशिष्ट परिस्थितिमा प्रवेश गरेको छ । वर्गीय जातीय Ôेत्रीय लैंगिक साँस्कृतिक भािÈक आदि Ôेत्रका उत्पीडनहरु जस्ताको तस्तै छन् । भूमिमाथिको पूरानो जमिनदारी स्वामित्व जस्ताको तस्तै छ । राष्ट्रिय स्तरका उद्योगहरु धरासायी बनेका छन् । जनताका आधारभूत समस्याहरु खासगरी आवास खाद्यन िशÔा स्वास्थ्य रोजगार आदिबारे राज्यका कुनै पनि योजनाबद्ध परियोजना छैन । देशको अर्थतन्त्र र राजनीतिमा भारतीय प्रभाव अस्वाभाविक रुपमा बढेर गएको छ ।
यस्तो परिस्थितिमा बाँचिरहेको देशलाई आजको एक्काईसांै सताब्दीमा कसरी विश्वसामु उभ्याउने भन्नेबारे राजनीतिक पार्टीहरु पनि अन्यौलता र अकर्मन्यतामा छन् । सायद आजको युगमा अभिव्यक्त भएको नव साम्राज्यवाद र Ôेत्रीय विस्तारवाद विरुद्ध संर्घÈ नगरिकन देशलाई स्वाधीन संवृद्ध र स्वतन्त्र बनाउन सकिदैन । जसरी विश्वमा नव उदारवादी पुंजीवादी प्रणालीमा क्रमशै संकट देखिन थाल्यो र तेस्रो विश्वको खोजी हुन् थाल्यो सायद त्यसको विकल्प आजको एक्काईसौ सताब्दीमा पनि वैज्ञानिक समाजवादले दिन सक्ने छ । विश्व समाजवादी आन्दोलनको क्रममा देखा परेका केही सीमा र कमजोरीहरुलाई सच्याउन सक्ने हो भने आगामी वीस तीस वÈ्रमा आउने आर्थिक संकटबाट संसारलाई बचाउन सकिन्छ । अन्यथा अन्यायपूर्ण युद्धको विवेकहिन जंगली राजमा विश्व फर्किने सम्भावना रहन्छ । यति बेला यहि विश्व परिस्थितिर र हाम्रो देशको अवस्थामा नेपाली काँग्रेसमा नयाँ सैद्धान्तिक बहस सुरु भएको देखिन्छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु