Monday, September 13, 2010

अनमिनको म्याद थप्न सरकार-माओवादी सहमत

काठमाडौं, २८
नेपालको शान्ति प्रकृयामा मध्यस्तता गर्दै आएको राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको म्याद पुरानै कार्यदेश बमोजिम चार महिना थप्न सरकार र माओवादी सहमत भएका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डवीच सोमबार साँ भएको छलफलमा चार बुँदे सहमति भएको हो । सो सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् । जसअनुसार अनमिनको म्याद पुरानै कार्यदेशअनुसार चार महिना थपिने छ ।
सरकारले मंगलवार नै राष्ट्रसंघीय सुरक्षा परिषद्लाई पत्र पठाउने र माओवादीले पनि सो विषयमा छुट्टै पत्र सुरक्षापरिषद्लाई पठाउने बताइएको छ ।
सेनालाई अनमिनको अनुगमनमा राख्ने वा नराख्ने विषयमा दुवै पक्षवीच भएको विवादका बारेमा भने केही उल्लेख गरिएको छैन । सरकारपक्षीय गठवन्धनले सेनालाई अनमिनको अनुगमनमा राख्न नहुने प्रस्ताव गरेका थिए भने माओवादीले नेपाली सेनालाई पनि अनुगमनमा राख्नुपर्ने बताउंदै आएको थियो ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु