विराटनगर २
उपचारमा लापर्बाही गरेपछि विरामीको मृत्यु भएको भन्दै पटक-पटक विवादमा आउने विराटनगर स्थित विराट नसर्िङ्ग होम विराट हस्पिटल एण्ड रिसर्च सेण्टर लाई फेरि लापर्वाहीको आरोप लागेको छ ।
एपेन्डिक्सको शल्यकि्रया गरेकी सुनसरीको भादगाँउ सिनुवारी ९ झुम्काकी ४२ वर्षीया राधा ढकालको अस्पतालमै मृत्यु भएपछि आफन्तले चिकित्सकको लापर्वाहीले उनको मृत्यु भएको आरोप लगाएका हुन् ।
भदौ २८ गते पेट असाध्यै दुखेपछि अस्पतालमा आएकी ढकालको सोही दिन डा। आरके शावुले शल्यकृया गर्नुभएको थियो । शल्यकृयापछि भदौ ३१ गते अस्तालबाट डिस्चार्ज भएकी ढकाललाई शुक्रबार अत्याधिक पीडा भएपछि परिवारजनले उपचारार्थ पुनः भर्ना गरेका थिए ।
अस्पतालमा भर्ना भएको केहि बेरमै शुक्रबार राति उनको मृत्यु भएपछि परिवारले चिकित्सकको लापर्वाहीको कारण ढकालको मृत्यु भएको आरोप लगाएका हुन् । मृतकका आफन्त तथा परिवारजनले दोषी चिकित्सकलाई कार्वाही र क्षतिपूर्तीको माग गर्दै शनिबार बिहान अस्पताल घेराउ गरेका थिए ।
मृतकका भााजा कृष्ण आचार्यले अस्पतालको चरम लापर्वाहीकै कारण माईजुको मृत्यु भएको दावी गर्नुभयो । एपेन्डिक्सको विरामीको सामान्य अप्रेशनमा मृत्यु हुने संभावनन नरहेकोले दोषीलाई कार्वाही गर्न माग गर्दै उहाँले अस्पतालले १० हजार रुपैयाँ खर्च दिने लज्जास्पद प्रस्ताब गरेको जानकारी दिनुभयो ।
चिकित्सकले अप्रेशनमा लापरवाही गरेका कारण विरामी मृत्यु भएको भन्दै पीडित परिवार र गाँउलेहरुले अस्पतालमा नारावाजी गरेका थिए । उनीहरुले पटक-पटक लापरवाही गरेर विरामीको हत्या गर्ने अस्पतालमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् ।
अस्पतालमा तनाव बढेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । पीडित पक्षले भने प्रहरीले अस्पतालको पक्ष लिएर वार्तामा हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । पीडित परिवारले सामान्य शल्यकि्रया गरेका विरामीहरुको मृत्यु लापर्वाही वाहेक अन्य कारणले नहुने जिकिर गर्दै अवेरसम्म शव बुझ्न अस्विकार गरेका थिए ।
अस्पतालले भने एपेन्डिक्स्को अप्रेशनका कारण नभई हर्ट अट्याक्ट भएर बिरामीको अचानक मृत्यु भएको दावी गरेको छ । अस्पतालका डा।ज्ञानेन्द्र कार्कीले शल्यकि्रयापछि कहिलेकाही यस प्रकारको दुर्घटना हुनसक्ने भन्दै चिकित्सकहरुमाथि आरोप नलगाउन आग्रह गर्नुभयो ।
निजी लगानीमा साचालन भएका …बाँकी चार पेजमा अधिकांश अस्पतालमा उपचार गराउँने विरामीहरुले चिकित्सकको लापार्वाहीकै कारण ज्यान गुमाएको यो पहिलो घटना होइन । बिराट हस्पिटल एण्ड रिसर्च सेन्टरमा गएको दुई वर्षमा ७ वटा यस्ता घटना भएका छन् ।
झापा खुदुनाबारीकी लक्ष्मि ढुंगेलको मृत्यु भएपछि पीडितहरुले अस्पतालमा तोडफोड नै गरेका थिए । अस्पतालले लापरवाही भएको स्विकार गर्दै उनीसहित तीन वटा मृत्युका घटनामा क्षतिपुर्ती उपलब्ध गराएको छ । अस्पतालमा पटक-पटक यस प्रकारको घटना भई बद्नाम भएपछि साचालकले बिराट नसर्िङ होमको नाम परिवर्तन गरी अघिल्लो वर्ष बिराट हस्पिटल एण्ड रिसर्च सेन्टर बनाएको हो ।
अस्पतालमा पित्तथैलिमा रहेको पथरीको उपचारको लागि झापाको दमकबाट आएकी गितादेवि सिटौलाको अघिल्लो वर्षको साउनमा मृत्यु भएपछि ठूलो तनाब भएको थियो । सिटौलाको नसर्िङ होमका साचालक डा।ज्ञानेन्द्रमानिसंह कार्कीले शल्यकि्रया गरेको केही समयमा मृत्यु भएपछि पीडित परिवारले उनी विरुद्ध ज्यान मुद्धा समेत दायर गरेको थियो ।
स्त्री रोग विशेषज्ञ रहेका कार्कीले पथरीको शल्यकि्रया गरेका कारण उनको मृत्यु भएको भन्दै दायर ज्यान मुद्दा भने पहुँचको कारण अघि बढ्न सकेन ।
त्यसअघि विराटनगर-६ निवासी निलम न्यौपाने बस्नेतको सोही अस्पतालमा सामान्य शल्यकि्रयाको क्रममा निधन भएको थियो ।
विराट अस्पतालमा अधिकांश घटना चिकित्सकको लापार्वाहीकै कारण विरामीको मृत्यु हुने गरेको आरोप पीडित पक्षले लगाउने गरेका छन् । तर अस्पतालले भने त्यसलाई अस्वीकार गरेपनि क्षतिपूर्ती रकम दिएर घटना सामसुम बनाउने गरेको छ ।
निजी लगानीमा स्थापना भएका अस्ताल सेवा भन्दा व्यापारमुखी भएकोले धेरै रकम तिरेपनि विरामीहरुले उपचारकै क्रममा ज्यान फाल्नु पर्न थालेको छ । मोटो रकम असुलेपनि उपचार गराउन आएका सेवाग्राही भने सन्तुष्ट हुने गरेका छैनन् ।
No comments:
Post a Comment