१९ भदौ । नवलपरासीको अधिकांश गाउंहरुमा अहिले भाईरल ज्वरोको संक्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भाईरल ज्वरोको प्रकोप बढ्न थालेपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको सङख्या पनि बढेको छ । नारायाणी गाविसका अधिकांश बालबालिका र विद्यार्थिहरुमा ज्वरोको संक्रमण देखिन थालेपछि विद्यालय पनि बन्द गरिएको छ । नारायणी गाविसमा फैलिएको भाईरल ज्वरोका कारण २ जना विद्यार्थिको मृत्यु भएपछि चिकित्सकहरुको टोलीले त्यस क्षेत्रमा उपचार गरीरहेको छ ।
ज्वरो नियन्त्रणको लागि जिल्ला स्वास्थय कार्यालयबाट रामप्रसाद पाण्डेको नेतृत्वमा ४ जना चिकित्सकहरुको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रामाशंकर दीपले बताउनुभयो । यसैबीच नवलपरासीको रामनगर गाउा विकास समितिमापनि एक्कासी भाईरल ज्वरोको प्रकोप फैलिएको छ । गाविस भित्रको वडा नम्बर १, २, ३ र ५ का ३ सय भन्दा बढिमा भारईरल ज्वरोको लक्षण देखिएको स्थानीय रामबहादुर क्षेत्रीले जानकारी दिनुभयो । नवलपरासीको हात्तिखोरमा रहेको चौथो डिभिजनका माओवादस् सेनाहरुमापनि भाईरल ज्वरोको संक्रमण देखिएको छ । शिविरमा रहेको ७ सय ७८ लडाकु मध्ये आधा जतिमा ज्वरोको सक्रमण फैलिएको कमाण्डर नबिनले जानकारी दिनुभयो । शिविर भित्र उपचार हुन नसकेका १५ जनालाई थप उपचारका लागि बुटवल ल्याईएको छ ।
No comments:
Post a Comment