Saturday, September 18, 2010

दुई रेडपाण्डा भेटियो

इलाम २ असोज÷ उत्तरी इलामको मावु र जमुनाका सामुदायिक वनमा दुई रेडपाण्डा भेटिएका छन् ।
जमुनाको हाँगेथाम र मावुको दोबाटे स्थित बलु वनमा पाण्डा भेटिएको टिएमआइका फिन्जु शेर्पाले जानकारी दिनुभयो ।
दुर्लभ भालुको प्रजातिमा पर्ने रेडपाण्डा इलामको हाँगेथाम दोबाटे लालबास कैयाकट्टालगायतमा स्थानमा पाईनछ । रेडपाण्डा अध्ययनका लागि इलाम आइपुगेको न्युजिल्यान्डका चिडियाखाना निर्देशक एन्जिला टिएमआई र रेडपाण्डा नेटवर्क नेपालको एक टोलीले अध्ययनका क्रममा रेडपाण्डा फेला पारेको हो ।
सो क्षेत्रमा रेडपाण्डाको सख्या धेरै हुनसक्ने टोलीको अनुमान छ । यसअघि ८ देखि १० वटासम्म रेडपाण्डा ती जंगलमा भएको तथ्यांक सार्वजनिक गरिएको थियो । केही महिनायता भने रेडपाण्डा बाक्लै देखिन थालेको स्थानीयवासीले बताएका छन् ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु