Friday, September 17, 2010

उत्कृष्ठ विद्यार्थीहरु सम्मानित

ताप्लेजुङ्ग ३१ भदौ÷ ताप्लेजुङ्गको सामुदायिक विद्यालयहरुबाट २०६६ सालको प्रवेशिका परीक्षामा लिम्बू समुदायका सर्वोत्कृष्ट दुई जना छात्र-छात्रालाई मादेन फेन्द्वा जनकल्याण केन्द्रले सम्मान गरेको छ ।
बिहिबार सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गरी केन्द्रले विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा छात्रातर्फ सिनाम उच्च माध्यमिक विद्यालयका शुस्मा थेबे लिम्बू ७७ प्रतिशत र छात्रतर्फ सरस्वती उच्च माध्यमिक विद्यालय हाङपाङका विष्णुप्रताप साँवा लिम्बू ७५।१३ रहेका छन् । सम्मानित विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि निमित्त जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद निरौलाले नगद तथा ताम्रपत्र प्रदान गर्नु भएको थियो ।
लिम्बू समुदायबाट प्रबेशिकामा सर्वोत्कृष्ट हुने छात्रा-छात्रलाई केन्द्रले चार वर्षदेखि निरन्तर सम्मान गर्दै आएको जनाएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु