__________________________________________________________________________
विराटनगर ८ असोज÷ एकीकृत नेकपा माओवादीले पार्टी केन्द्रमा प्रस्तुत भएका तीन वटै प्रतिबेदनहरु जिल्ला तहसम्म छलफलको लागि ल्याएको छ ।
केन्द्रीय समितिको केही दिन अघि सम्पन्न बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्षद्वय डा।बाबुराम भट्टराई एवं मोहन बैद्य ुकिरणु ले प्रस्तुत गर्नु भएको प्रतिवेदनलाई एकीकृत माओवादीले तल्लो कमिटिमा छलफलका लागि ल्याएको हो ।
पार्टीको कोचिला राज्य अन्तर्गत तीन वटै जिल्लाका बैठकहरुमा प्रतिवेदन प्रस्तुत गरिएको छ । बुधबार सुनसरी बिहीबार झापा र शुक्रबार मोरङको बैठकमा पार्टी केन्द्रका तीन वटै प्रतिवेदन प्रस्तुत गरिएको एकीकृत माओवादी कोचिला राज्य कार्यालयले जनाएको छ ।
पार्टीको कार्यदिशा र आगामी रणनीतिको बारेमा केन्द्रमा फरक-फरक मत प्रस्तुत भएपछि केन्द्रीय विस्तारित बैठकबाट निश्कर्षमा पुग्ने तयारी गरेको माओवादीले त्यसकै तयारीको क्रममा तीन वटै प्रतिबेदन छलफलतका लागि कार्यकर्तामाझ ल्याएको जनाएको छ । तीन वटै प्रतिवेदनलाई पार्टीको आधिकारिक दस्तावेजको रुपमा छलफलमा ल्याएको पोलिटब्युरो सदस्य तथा कोचिला इाचार्ज शीतलकुमारले जानकारी दिनुभयो ।
जिल्ला पार्टीका बैठकमा तीन वटै प्रतिवेदन केन्द्रीय सदस्यहरुले पढेर सुनाएको भएपनि उक्त प्रतिवेदन भने तलसम्म दिइएको छैन । पार्टीको अन्तरसंघर्ष र मतभेदबारे जानकारी दिन एवं कार्यकर्तामाझ रहेको भ्रम हटाउन प्रतिवेदन तलसम्म ल्याएको माओवादीले जनाएको छ । यसअघि माओवादीको प्रतिवेदन तलसम्म आउने गरेको थिएन ।
कार्तिक ६ गतेदेखि चितवनमा सुरु हुने विस्तारित बैठकमा पार्टीको कार्यदिशा र रणनीति तय गर्न सहज होस् भनेर प्रतिवेदन कार्यकर्तामाझ ल्याएको एकीकृत माओवादीले जनाएको छ । पार्टीका तीन प्रतिवेदनलाई छलफल गरेपश्चात विस्तारित बैठकबाट नयाँ कार्यदिशाको तय गर्ने योजना रहेको शीतलकुमारले जानकारी दिनुभयो ।
जिल्ला पार्टीको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सचिब सीपी गजुरेलले गुटगत कारणले तीन वटा प्रतिबेदन आएको नभई पार्टीलाई एकढिक्का बनाएर अधुरो क्रान्ति पुरा गर्ने उद्देश्यले आएको बताउनु भयो । उहाँले विस्तारित बैठकबाट तीनवटै प्रतिवेदन एक भएर पार्टी अगाडि बढ्ने विश्वास दिलाउनु भयो ।
बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा कोचिला इाचार्ज शितलकुमार केन्द्रीय सदस्य तथा राव्य सह-इाचार्जद्वय प्रल्हाद बुढाथोकी गंगा श्रेष्ठ केन्द्रीय सदस्य एवं राज्य सचिब गौरीशंकर खड्का र केन्द्रीय सदस्य एवं राज्य सह-इाचार्ज सावित्रीकुमार कापुले लगायतको उपस्थिति थियो ।
No comments:
Post a Comment