
भगवानका लागि त सबै भक्त बराबरै हुनुपर्ने हो। तर हिन्दु आराध्यदेव पशुपतिनाथको मन्दिरमा भने अब सबै भक्त बराबर नहुने अवस्था आयो। अलिकति पैसा छ भने भगवानको दर्शन गर्न प्राथमिकता पाइने, पैसा छैन भने कुरेर बस्नु पर्ने। भगवानसम्मको पहुँचका लागि पनि अब पैसा नभई नहुने भो। पैसा हुने र नहुने भक्तजनबीच विभेद कायम हुने भो। तपाईँलाई के लाग्छ, भगवानको दर्शन गर्न हुने यो भेदभाव कतिको उचित हो? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला।
पशुपतिमा निश्चित रकम तिरेर दर्शन गर्ने ‘सुविधा’ पशुपति क्षेत्र विकास कोषले गएको शिवरात्रीदेखि सुरु गरेको हो। अब त्यसलाई यसपालिको तीजमा पनि निरन्तरता दिन लागिएको रहेछ। Continue reading भगवानमा भेदभावः कति उचित ?
No comments:
Post a Comment