इटहरी, ८ असोज÷ पर्यटन वर्षको प्रचारको लागि भन्दै सुनसरीको इटहरीमा सडक महोत्सव हुने भएको छ ।
इटहरी ४ स्थित जुट विकास टोल विकास संस्थाले एम्बुलेन्स खरिद गर्ने उद्देश्यले सडक उत्सव गर्ने भएको हो ।
असोज २६ गतेदेखि ३ दिनसम्म हुने उत्सवले इटहरीमा पर्यटन प्रबद्र्धन समेत गर्ने आयोजक समुहको दाबी छ । उत्सवबाट पर्यटन वर्ष २०११ को सरकारको अभियानलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा २५ हजार जना आगन्तुकहरु सहभागी हुने अनुमान आयोजकले गरेको छ । महोत्सवका अवसरमा फुड फेस्टिभल संागीतिक कार्यक्रम लगायत आकर्षण रहनेछन् । उत्सवमा घरेलु सामाग्रीहरुको प्रदर्शन समेत गरिने आयोजक समुहका सचिव अरुण गुरुङले जानकारी दिनुभयो ।
No comments:
Post a Comment