Thursday, September 23, 2010

सहमतिको संभावना छैनः ओली विराटनगर ७ असोज÷ नेकपा एमालेका अर्का स्थायी समिति सदस्य खड्गप्रसाद ओलीले दलहरुबीच सहमतिको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

विराटनगर ७
नेकपा एमालेका अर्का स्थायी समिति सदस्य खड्गप्रसाद ओलीले दलहरुबीच सहमतिको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
बिहीबार युवा संघ नेपाल मोरङले समयमै संविधान निर्माणको दवाव दिन आयोजना गरेको कार्यक्रममा बोल्नुहुदै नेता ओलीले सबैभन्दा ठुलो दल नै सहमतिको पक्षमा नरहेकोले सहमतिको सम्भावना छैन भन्नुभएको हो ।
माओवादी पार्टीलाई गाली गरेर नथाक्ने तथा भारतको दलालीको रुपमा चिनिएका नेता ओलीले तीन बुँदे सहमति माओवादीले पालना गर्नेमा आफुलाई विश्वास नभएको बताउनु भयो । नेपालमा राजनीतिक समस्या आएमा भारतमा उपचारको बहानामा सल्लाह लिने जाने ओलीले यदि पालना गरे अचम्म हुने बताउनु भयो । नेता ओलीले माओवादीका कारण शान्ति र संविधान ……… नबनेको र उसले संविधान बनाउन नचाहेको आरोप लगाउदै युवाहरुले दवाव दिएर शान्ति प्रकृया टुंग्याउन पहल गर्नुपर्ने बताउनुभयो ।
एमाले भीत्र माओवादीप्रति सदभाव राख्नेहरुले माओवादीलाई नचिनेको भन्दै उहाँले आफ्नै नेताहरुको कटु आलोचना समेत गर्नुभयो । उहाँले आफ्नै कार्यकर्ता मारिदापनि कुन बर्गले मार् यो भन्ने वर्ग विष्लेषण गर्ने आफ्ना नेताहरु निर्जिव प्राणि झै देखिएकोमा चिन्ता जनाउनुभयो । उहाँले भन्नुभयो ुआफ्ना कार्यकर्तालाई कुटिकुटी घोचिघोची मार्नेहरुलाई केही भन्न नसक्ने र कुन वर्गले मार् यो भनेर चिनियाँ र रसियन दर्शन पढ्न बसेर वर्ग विश्लेषण गर्ने एमालेका एकथरी नेताहरुमा कुनै जिउँदोपनाको प्रतिकृयासम्म दिन नसक्ने निरिहता छ ।ु
अशान्ति मच्चाउनेहरुले चाहे एक मिनेटमा शान्ति प्रकृया सम्पन्न हुने भन्दै नेता ओलीले भन्नुभयो ुउसैले नचाहेपछि अरुले चाहेर कसरी शान्ति स्थापना हुन सक्छ ।ु
कार्यक्रममा नेता ओलीले पार्टीले प्रतिवन्ध लगाएको युथ फोस्र गठनलाई तिव्रता दिन निर्देशन गर्नुभएको छ । उहाँले युर्थ फोस्रको आवश्यकता छ भन्दै त्यसलाई तिव्र गतिमा विस्तार गरी माओवादी प्रभावलाई निस्तेज बनाउन निर्देशन दिनुभएको हो । युथ फोस्र गठन भएपछि माओवादीको वाइसिएल दुलो पसेको भन्दै न्यायको पक्षमा सशक्त भएर उभिनकालागि समाजमा युथफोस्रको आवश्यकता रहेको दावी गर्नुभयो । उहाँले शान्ति र संविधानको अभियान देशव्यापी बनाउँदा पार्टी भित्रैबाटपनि अवरोध आउनसक्ने तर्फ संकेत गर्दै भन्नुभयो ुसडकमा तिब्र बेगमा गाडि कुदाउँदा छेउछाउका रुख र पातहरु हल्लिन सक्छ उडाउन सक्छ त्यसबाट विचलित नहुनुहोस् अभियानलाई अगाडि बढाउनुहोस् ।ु
कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश वस्नेत एमाले केन्द्रीय सदस्य राजेन्द्र गौतम गुरु बराल पोलिटव्युरो सदस्य उर्मिला अर्याल लगायतले बोल्नु भएको थियो अधिकांश बक्ताहरुले माओवादीको कटु आलोचना गरेका थिए । युवा संघ नेपालका अध्यक्ष वस्नेतले दाह्रा र नग्रा पलाएका माओवादी पिचासहरुको विरुद्धमा युवासंघको अभियान जारी रहने घोषणा गरे पनि भारतीय दलालसँग मिलेर आफूले जनतामाथि गरेको ज्यादतीलाई बिसर्िएका थिए ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु