Friday, September 17, 2010

आम्दानीको राम्रो स्रोत बन्दै छ बाख्रापालन


इलाम भदौ
सोयाङ्ग ५ की देवीमाया निरौलाले सिङ्गेथुम्का आयमुलक बाख्र्रापालन समुहको अध्यक्ष भएर काम गरेकी पनि लामो समय भई सक्यो । उनले बाख्रापालनले गाउँको मुहार फेर्न सकिन्छ भन्ने प्रेणा दिएकी छिन् गाउँमा सामुहिक बाख्रापालनको नेतृत्व गरेर । गाउँकै महिलाहरुको सकि्रयतामा समुह गठन गरि बाख्रपालन गरिएको यहाँका महिलाहरुले अहिले बख्रापालन नै अहिले आयको स्रोत बनाएका छन् ।
सोयाङ्-५ महिलाहरु यतिखेर समुहमार्फत व्यावसायीक बाख्रापालन तर्फ आकर्षित भएका छन् । छ वर्ष अघि जिल्ला पशुसेवा कार्यालयको पहलमा गठित सिङ्गेथुम्का आयमुलक बाख्रापालन समुह मार्फत बाख्रा साटासाट कार्यक्रम साचालन भएर आम्दानी हुन थालेपछि महिलाहरु व्यवसायिकता तर्फ लागेका हुन् । २०६१ साल पुषमा गठन भएको यो समूह हाल आएर जिल्लाको नमुनाको रुपमा परिचित भएको छ ।
समूह गठन गर्दा १० जना महिलालाई १० माऊ बाख्रा र एउटा बोको वितरण गरिएको थियो । तर बाख्रा साटासाट कार्यक्रम साचालन भएपछि ५० जनाको सो समूह बाख्रापालनतर्फ आकर्षित हुन थालेका हुन् । संस्थामा आवद्ध स्थानीय डम्वर आचार्यले अहिलेसम्ममा करिब ६० हजार रुपैयाँ आम्दानी गरेको बताए । समूहमा लागेर काम गर्न थालेपछि आयआर्जन बढेको उनी बताउँछन् । उनका घरमा आठ वटा विभिन्न जातका बाख्रा पालिएको छ । सन्तान उत्पादनको उदेश्य राखेर पालिएकाले पहिलो सन्तान समूहका नाममा जम्मा गर्ने गरिन्छ । यहाँका बाख्रा पाल्नका लागि जोगमाई मङ्गलवारे सिद्धिथुम्का बरबोटे जमुना विभिन्न गाविसमा बीऊका लागि बाख्राको माग आउन थालेको छ समूहकी अध्यक्ष देवीमाया निरौलाले बताइन् ।
५ नम्वर वडाका ६२ घरमा उन्नत जातका बाख्रा पालिएको छ । जिल्ला पशुसेवा कार्यालयले पनि जिल्लामै नमुनाको रुपमा यो बाख्रापालन समूह रहेकाले श्रोतकेन्द्रका रुपमा विकास गर्दै लैजाने जनाएको छ । स्थानीय ममता राईले १४ हजारमा एउटा बोका बिक्री गरेको बताइन् । छिट्टै आम्दानी हुने भएपछि महिलाहरु बाख्रापालनमा लागेको स्थानीय कमला संजेलले बताइन् । एक वर्षमा उनले ३५ हजारका खसी विक्री गरेको सुनाइन् । त्यहाँको नियम अनुसार बोकामा बाख्रा लगाएबापत समूहका सदस्यबाट ५० रुपैयाँ र समूह बाहिरका भए एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । ५० मध्ये १० रुपैयाँ समूहको हितका लागि र बाँकी बोका पाल्ने व्यक्तिलाई दिने गरिन्छ भने एक सय रुपैयाँ मध्ये २० समूहलाई र बाँकी पाल्नेलाई दिइन्छ । समूहमा अहिले करिब ५५ वटा माऊ बाख्रा र दुई वटा बोका र अन्य पाठापाठी रहेको समेत अध्यक्ष निरौलाले जानकारी दिइन् । अन्यत्रबाट हेर्न आएका महिलाले पनि समूहको सिको गरेर बाख्रा पाल्न लागेको उनी बताउँछिन् ।
त्यतिमात्र नभएर भर्खरै काठमाण्डौं स्थित टेवा भन्ने संस्थाले महिलाको सो समूहलाई प्रदान गरेको ५० हजार नगदबाट समेत उनीहरुले समूहमा २० वटा बाख्रा पालेका छन् । बाख्रा मर्दा हुने क्षतिलाई कम गर्न विमा कोष समेत स्थापना गरिएको छ । समूह गठन गर्दा पशुसेवा कार्यालयले पाँच हजार रुपैयाँमा स्थापना गरिदिएको बीमा कोष बढेर अहिले २० हजार रुपैयाँ पुगेको छ । ुपहिले पहिले कसैको बाख्रा मर्दा एक हजार रुपैयाँ देखि एक हजार दुई सय रुपैयाँसम्म क्षतिपूर्ती दिने गरिएको छ । अहिले क्षतिको मूल्याङ्कन हेरेर ५० प्रतिशत रकम यही कोषबाट संस्थाले व्यहोर्ने गरेको छ उनले भनिन् । समूहमा खरी र जमुनापारी जातका बाख्रा पालिएको छ ।
समूहमा आवद्ध हुन थालेपछि बचत गर्ने बानीको समेत विकास हुन थालेको छ । पाँच रुपैयाँबाट जम्मा गरेको संस्थामा अहिले एक लाख रुपैयाँ बचत छ अध्यक्ष निरौला भन्छिन् ुयो समूह महिलाका लागि बरदान सावित भएको छ ।ु आपतका बेला समूहमा ऋण काढेर सदस्यहरुले पैसा झिक्ने गरेका छन् । अहिले सम्ममा समूहले तीन सय भन्दा बढी बाख्रा उत्पादन गरेको जनाएको छ । बाख्रा विक्री गर्दा समूहमा दुई सय रुपैयाँ समूहमा जम्मा गर्नुपर्ने नियम बनाइएको छ । हाल आएर सो समूह गाविसका अन्य वडामा समेत विस्तार गर्ने लक्ष्य राखिएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु