एकीकृत नेकपा माओवादी जुन रुपमा भएपनि विचारधारात्मक एवं सैद्धान्तिक बहसमा प्रवेश गरेको छ । खासगरी नेपालको वामपन्थी आन्दोलनले समग्र देशको नेतृत्व गर्न सक्छ की सक्दैन भन्ने कुराको चुरो कुरा माओवादीले विचारधारात्मक रुपमा कस्तो रणनीति अपनाउछ भन्ने कुरामा निर्भर र्गदछ । आजको एक्काइसौं सताब्धीको पूर्व सन्ध्यामा विकसित भएका संसारका ताजा अन्तरविरोधहरुको हल गर्ने सिद्धान्त नै आजको मालेमावादीहरुका लागि सहि दृष्टिकोण हुन सक्छ । मालेमावाद कुनै स्थुल पार्थीव वा जडसिद्धान्त होइन । यो समाज विकासका नियमहरु अन्तरविरोधका नियमहरु वर्ग पक्षधरताका नियमहरु उत्पादनका लागि भैरहेका संर्घसका नियमहरु उत्पादित वस्तुको विनिमय वितरण र उपभोगका नियमहरु आदिकै बिचबाट अगाडि बढ्ने र निरन्तर कि्रयाशील हुने गतिशिल विज्ञान हो । यसका रुपहरु तरिकाहरु र प्रकृयाहरु परिर्वतनशिल हुन्छन् भने यसको मुख्य विषय अर्थात सार र अन्तरवस्तु दृढ हुन्छ स्पष्ट हुन्छ र रणनीतिक श्रृंखलामा प्रतिबििवंत भैरहन्छ । त्यसैले हामी भन्न सक्छौ रणनीतिमा दृढता र कार्यनीतिमा लचकता यसको वास्तविक सारतत्व हो ।
एकातिर साम्राज्यवादका तरिकाहरु निरन्तर कार्यनीतिक रुपमा बदलिइरहेका छन् भने अर्कोतिर वर्गस्वरुपका कैयौं मान्यताहरु बदलिदै गइरहेका छन् । त्यसैले मालेमावादलाई हामीले बुझ्दा वा त्यसै दृष्टिकोण अनुरुप संसारलाई हेर्दा हामी कहिल्यौ पनि नयाँ र सिर्जनात्मकताका नाममा सार बस्तुलाई नै छाड्ने गल्ती पनि गर्नु हुदैन भने अर्कोतिर आजको विश्वमा अभिव्यक्त भएका अन्तरविरोधहरुलाई पुरानै प्रकृयाले हल गर्न खोज्ने र परिणाम नै निकाल्न नसकिने जडसुत्रीय चिन्तनमा पनि फस्नु हुदैन । फेरि पनि आजको मुख्य समस्या भनेको दक्षिणपन्थी संसोधनवाद नै हो । त्यसका बिरुद्ध संघर्ष गरेर मात्रै हामीले विचार वर्ग र पार्टीको रक्षा गर्न सक्दछौ । साथै एवं तरिकाले क्रान्तिकारी विचार र प्रकृयालाई विकसित र समृद्ध पार्न सक्छौ । त्यसैले हामीले सर्वप्रथम कुनै पनि वस्तु घटना र परिस्थिति एवं कार्यनीतिक श्रृंखलालाई विचारधारात्मक रुपमा बुझ्न आवश्यक छ । भइरहेको पार्टीभित्र चल्ने सामान्य कार्यनीतिक श्रृखंलाहरुका उतार चढावमा मात्र हेर्ने र बुझ्ने धारणा बनाई हाल्ने छिपछिपे सर्किण सोचाईबाट माथि उठ्ने साहसले मात्रै हामीलाई मालेमावादको गहिराईलाई वोध गर्न सक्दछौ । आजको विश्व आजको अन्तरविरोध र आजको क्रान्तिको नेतृत्व गर्ने मालेमावादले मात्रै हामीलाई सहि ठाउँमा पुर् याउने छ । पार्टी भित्रका प्राविधिक लेनदेनलाई केन्द्र मान्न थालियो भने विचारको विकास कहिल्यै पनि संभव हुदैन । त्यसकारण अंशमा होईन कि समग्रमा संसार जित्न सक्ने सिद्धान्तका आधारमा हामी अगाडि बढ्न थाल्यौ भने अवश्य पनि आजको जटिल परिस्थितिमा पनि मालेमावादको सिर्जनात्मक विकास नयाँ ढंगले गर्न सकिन्छ ।
सूचना संचार र प्रविधिले तीव्रतम विकास गरिरहेको तथा भूमण्डलीकरण आर्थिक उदारता र साँस्कृतिक उपभोक्तावादले जेलिएको आजको संसार अवश्य पनि कम्युनिष्ट पार्टीको घोषणा पत्रमा लेखिएको समय जस्तै छैन । संसारमा औधोगिक पुंजीवादको विकासको सुरुवात भएको करिब २०० वर्ष हुन लाग्यो । यद्यपी एसिया अपि्रुका र ल्याटीन अमेरिकाका केही देशहरुमा अपवादका रुपमा अझै पनि सामन्तवाद कायम नै छ । यो बाहेकको समग्र विश्वलाई हेर्दा पुँजीवादको उच्चतम विकासको अवस्था देख्न सक्दछौ । भविष्यमा पुँजीवादले यो भन्दा कति विकास गर्न सक्छ । त्यो आजै जस्ताको तस्तै भन्न र पूर्वानुमान गर्न त सकिदैन तर पनी राष्ट्र राज्य मातहतको पँुंजीले राष्ट्रिय सीमा नाघिसकेको अहिलेको अवस्थालाई हेर्दा साम्राज्यवाद नयाँ चरणमा प्रवेश गरेको स्वतःः प्रतित हुन्छ । त्यसैले विगतमा मालेमावादीहरुले समकालीन साम्राज्यवाद र सर्वहारा क्रान्तिकोबारे गरेका विश्लेशणहरु पुराना र असान्दर्भिक भए भन्ने होईन कि तिनीहरुकै सैद्धान्तिक जगमा उभिएर अहिलेको दुनियाँलाई बुझ्नु अहिलेको समस्याहरुको पहिचान गर्नु र आजको क्रान्तिको मार्गचित्र बुझाउनु नै हाम्रो दायित्व हो ।
क्रान्ति सम्पन्न गर्नु भनेको निरपेक्ष ध्वंश मात्रै होइन । बरु नकरात्मक कुराहरुको अन्त्य गर्दै जाने र राम्रा पक्षहरुलाई श्रृंखलाबद्ध स्थापित गर्ने प्रकृया हो । अवश्य पनि क्रान्तिमा ध्वंशको पक्ष रहन्छ तर पनि मुख्य पक्ष भनेको सिर्जना र निर्माणलाई केन्द्रविन्दुमा राखेर ध्वंश गर्नु हो । हामीले पुरानो राज्य प्रणालीको ध्वंश गर्ने कुरा गरेका छौ । मात्रात्मक सुधारद्वारा होइन कि गुणात्मक छलाङद्वारा सत्ता बदल्ने कुरा गरेका छौ । यसको सारवस्तु भनेको उत्पीडित वर्गहरु माथि भएका सबै शोषण दमनको अन्त्य गर्ने नयाँ राज्य प्रणाली निर्माण गर्नु हो । यहीनेर हामीले उपयुक्त वर्ग दृष्टिकोणलाई आत्मसात गर्नु पर्दछ । क्रान्तिको निसाना कहाँ हो मुख्य दुश्मन कुन हो आसपासका मुख्य दुस्मनका जराहरु के के हुन् कुन शक्तिसंग कार्यगत एकता कुन शक्तिसग संयुक्त मोर्चा गरेर दुस्मनलाई एक्ल्याउन सकिन्छ । यो कुरामा गंम्भिर ध्यान जानु पर्दछ । हाम्रो आन्दोलनमा व्यक्तिगत प्रसंशा वा पदीय हैसियतलाई सहयोग गरे नगरेको आधारमा अन्तरविरोधको किटान गर्ने प्रचलन हुर्किन थालेको छ ।
हाम्रो देशको सन्दर्भमा दलाल पँुजिपती वर्ग नोकरशाही पँुजिपती वर्ग र सामन्त वर्ग नै अझैपनि नेपाली जनताका प्रहारका निशाना हुन् । यिनीहरु मध्ये पनि विशिष्ट अवस्थामा कुनै एक पक्ष प्रधान भएर आउन सक्छ । क्षणिक कुनै एक आध घटना परिवेशलाई केन्द्रमा राखेर होइन कि सिङ्गो राज्यसत्ता प्राप्त गर्ने गरी क्रान्तिको निशाना किटान गर्नु नै सापेक्षित रुपमा सहि हुन सक्दछ । ठुला ठुला शब्द स्वर र आवेगमा होइन कि वस्तुगत यथार्थता आत्मगत अवस्था एवं परिपक्व र विवेकपूर्ण विश्लेषण गरेर मात्रै हामीले निसानालाई किटान गर्न सक्दछौं । त्यसको साथै सहि र व्यवहारिक कार्यनीति अपनाउदै प्रधान दुश्मनलाई एक्ल्याउने रणनीति अपनाएर वास्तविकतामा अभिव्यक्त गर्न सकिने संयुक्त मोर्चाको नीति अपनाएर नै हामीले वर्ग संघर्षको सहि संचालन र निर्णायक उपलब्धिमा पुर् याउन सक्दछौ । चारैतिर एकैसाथ हान्ने चारैतिर संघर्षका मोर्चाहरु खोल्ने तरिकाले हामी रुपमा वामपन्थी सारमा दक्षिणपन्थी गल्ती गर्न पुग्दछौ । संघर्षको मोर्चा नै किटान गर्न नसक्ने र यथास्थितिमा रमाउने प्रवृत्तिले हामीलाई दक्षिणपन्थी भड्काउमा लैजाने छ भने चारैतिर एकैसाथ तिर चलाउन खोज्नुले वामपन्थी दुस्साहसतिर लैजाने छ । निसाना किटान नै गर्न नसक्ने र निसानाको पहिचान भएपछि पनि मोर्चा नै खोल्न नसक्ने प्रवृतिले हामीलाई मध्यमन्थी सारसंग्रहवादमा पुर् याउने छ । यस्ता प्रवृतिहरु कम्युनिष्ट आन्दोलनमा निरन्तर भइरहन्छन् तर पनि हमेशा क्रान्तिको पक्षमा उभिनु नै सहि कुरा हो । यो बारेमा पूर्व मान्यताहरुको आधारमा रेडिमेट अनुहार हेरेर लेभल लगाउने र त्यसको पुष्टि गर्न आधारहरु खोज्ने नितान्त गलत संस्कार हाम्रो आन्दोलनमा देखा पर्ने गरेको छ । निरन्तर आन्दोलनका सबै मोर्चाहरुमा सहभागि भएर आएका व्यक्तिहरुलाई कुनै संवेदनाको ख्यालै नगरी उत्ताउलो आरोप लगाउनु कदापि मालेमावादी संस्कृतिक मूल्यवोधको कुरा होइन । संकिर्णतावादका विरुद्ध संघर्ष गर्न खोज्दा सुधारवादी बाटो लिन खोज्नु र सुधारवादका विरुद्ध संघर्ष गर्न खोज्दा संकिर्ण आत्म केन्द्रवादमा फस्ने गल्ती गर्नु हुदैन । त्यसैले यी सबै पद्धतिहरुबाट बच्दै अहिलेको समकालीन परिस्थितिमा दृढतापूर्वक नयाँ क्रान्तिको गोरेटोमा हिड्नु अहिलेको आवश्यकता हो । हाम्रो देशमा सामन्तवादबाट संक्रमण र पुँजीवादको विकास भई नसकेको अवस्थामा राजनीतिक परिस्थिति पनि संक्रमणकालीन छ । यो परिस्थतिमा महान् संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि प्राप्तिको निम्ति अघि बढ्नु नै उपयुक्त हुनेछ ।
सहि विचारधारात्मक वर्ग विश्लेषण वर्ग संघर्ष आदि सबै कुराहरुको संयोजन क्रान्तिकारी पार्टीले मात्रै गर्न सक्दछ । देश र जनताप्रति सर्मपित इमान्दार र क्रान्तिकारी नेता र कार्यकर्ताको संजालले सज्जित भएको पार्टीले नै क्रान्तिको नेतृत्व गर्न सक्दछ । हाम्रो देशको सन्र्दभमा एकीकृत नेकपा माओवादी नै सापेक्षित रुपमा क्रान्तिकारी पार्टी हो । आज भोलिको माओवादीमा पनि निष्ठा सर्मपण वीरता साहस र मूल्यको राजनीति कमजोर बन्दै गइरहेको छ । विचारलाई केन्द्रविन्दुमा राखेर सोच्ने क्रान्तिकारी प्रकृयालाई स्थापित गर्ने कार्य कमजोर बन्दै गइरहेको छ । एकातिर सबै भन्दा ठूलो त्याग गरेको पार्टी भएकाले निश्चयनै अरु पार्टीहरु भन्दा बढि जिम्मेवारी धेरै छ र हुनुपर्दछ । पार्टी पंक्ति भित्र त्यो जिम्मेवारीवोध कमजोर बन्दै जाँदा अवश्य पनि पार्टी कमजोर र अराजक बन्न सक्छ । आजको एक्काइसौं सताब्दीमा अभिव्यक्त भएका अन्तर्राष्ट्रिय चुनौती र देशको वर्तमान चुनौतीहरुको सामना गर्न पार्टीलाई शसक्त जुझारु र मजबुत बनाउन सकिएन भने कुनै पनि मोर्चाको पहल कदमी गुम्न सक्दछ ।
स्वभाविक रुपमा क्रान्तिकारी पार्टी पनि विभिन्न विचारहरुको केन्द्र हुने भएकोले र विपरीतको एकत्व हुने भएकोले विचारधारात्मक संघर्ष चल्न अनिवार्य हुन्छ । समाजका अन्तरविरोधहरु वर्गका अन्तरविरोधहरु वर्ग संघर्षका अन्तरविरोधहरु पार्टीमा संकेन्द्रण हुन्छन् । ती अन्तरविरोधहरुका विचमा दुई लाईन संघर्षका अन्तरसंघर्ष हुनु अनिवार्य हुन्छ । कहि कुनै पनि संघर्ष नभइकन गति पैदा हुदैन । गति नभइकन रुपान्तरण पनि हुदैन । त्यसैले पार्टी भित्र चल्ने लाईन संघर्षलाई वा अन्तरसंघर्षलाई व्यवस्थित रुपमा संचालन गर्ने विधि नभइकन त्यो संघर्षलाई व्यस्थित विधिवत र प्रणली संगत बनाउन सकिदंैन । अन्तरसंघर्षबाट कहिल्यै पनि आत्तिनु हुदैन । हाम्रो पार्टीले कुनै बेला २१ औं सताब्दीमा जनवादको विकास गर्ने भन्दै नयाँ प्रणालीको खोजी सहित मालेवादका आधारभूत विषयहरुको रक्षा प्रयोग र विकास गर्ने भनेको थियो । दोस्रो राष्ट्रिय सम्मेलनमा चौथो अन्तर्राष्ट्रियको लागि पहल गर्ने भनेको थियो । सायद आजभोलि यी विषयहरु हराउदै जान थालेका छन् । उपभोक्तावादी संस्कार सँस्कृति र मान्यताले पार्टीभित्र पनि टाउको उठाउन खोजिरहेको छ । त्यसलाई रोक्नका लागि पार्टीमा स्वच्छ वैचारिक छलफल र त्यसप्रति रुचि जगाउने प्रकृया आवश्यक हुन्छ । यहाँनेर गम्भिर ध्यान दिदै जनवादी केन्द्रीयताको प्रयोगका सन्दर्भमा वीसौं शताब्दीका केही कम्युनिष्ट पार्टीहरुमा देखिएका समस्याहरुलाई हल गरेर मात्रै हामी यो विन्दुबाट पार्टी जीवनलाई नयाँ ठाउँमा उठाउन सक्नेछौ । केन्द्रीयता प्रयोग गर्दा जनवाद छुट्ने र जनवाद प्रयोग गर्दा केन्द्रीयता छुट्ने गरेका उदाहरणले पार्टीलाई ध्वस्त प्राय बनाएका उदाहरणबाट हामीले शिक्षा लिनै पर्दछ । जनवादी केन्द्रीयताको वास्तविक मर्मलाई सहि रुपमा प्रयोग गर्ने र पार्टीमा चल्ने अन्तरसंर्घषलाई अनावश्यक आवेगात्मक आक्रामक प्रतिशोधात्मक बनाउने होईन कि शिष्ठ सरल सहज र एक अर्काको विचारलाई सम्मान गर्दै आफ्ना दृष्टिकोणहरु मर्यादित रुपमा राख्ने प्रकृयाको सुरुवात गर्न जरुरी छ । अन्तरसंघर्षमा प्राय राजनीतिक वैचारिक विषयभन्दा पनि भावनात्मक र प्राविधिक विषय बनाएर उत्तेजक बनाउने व्यक्ति विशेषको चरित्र हत्या गर्ने जस्ता नकारात्मक पक्षहरु नेपाली कम्युनिष्ट आन्दोलनमा पनि देखिने गरेका छन् । अझैं हाम्रो जस्तो ठूलो पार्टी जनयुद्ध लडेको पार्टी भित्र हुने अन्तरसंघर्षलाई मर्यादित बनाउन सबैले ध्यान दिनै पर्दछ ।
क्रान्तिकारीहरुले गम्भीरता पूर्वक ध्यान दिनै पर्ने अर्को विषय भनेको नव संशोधनवाद विरुद्ध संघर्ष गर्न र आजको विश्वमा फेरि एकपटक सर्वहारा अन्तराष्ट्रवादको झन्डा उठाउनु हो । क्रान्ति गर्नु र जित्नु भनेको कुनै अंशमा अल्झिएर संभव हुँदैन । युद्ध गर्नु भनेको पनि केवल लड्नु मात्र होईन बरु समग्र राज्य प्रणालीका सबै अवयवहरुलाई बदल्नु हो । आजभोलि केही कार्यनीतिका सामान्य एजेन्डाहरुमा आउने विमती कै आधारमा लेवल लगाई हाल्ने प्रचलन पनि बढ्दै गइरहेको छ । तर पनि आजको विश्वमा क्रान्ति संभव छ विद्रोहद्वारा राज्य सत्ता जित्न सकिने आधारहरु छन् । अन्तराष्ट्रिय स्तरमा अन्तर साम्राज्यवादी अन्तरविरोधहरु चर्किए
No comments:
Post a Comment