मोरङको उर्लावारीलाई विकृति र विसंगति मुक्त क्षेत्र बनाउन स्थानीय महिलाहरु सकि्रय भएका छन् ।
बढ्दो शहरीकरणसँगै उर्लाबारीमा के
विकृति विसंगती निरुत्साहित समिति गठन गरी महिलाहरुले त्यस्ता कि्रयाकलापहरु साचालन हुँदै आएका होटल तथा लज जस्ता ठाउँहरुमा निगरानी बढाएका छन् । उनीहरुले उक्त कि्रयाकलाप रोक्न माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय संयुक्त बेश क्याम्प आइतबारे र इलाका प्रशासन कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
महिलाहरुको सम्मानगत स्वास्थ्य उर्लावारीको निमार्ण गर्न घुसखोरी बन्द गर्न अपराधीलाई कारवाही गर्न विकृति विसंगति बन्द गर्नुपर्ने मागसहित महिलाहरुले ज्ञापनपत्र बुझाएका हुन् । होटलहरुमा महिलाहरुलाई जवरजस्ती यौन कार्यमा संलग्न गराइएको भन्दै महिलाहरुले त्यसलाई रोक्न माग गरेको समितिकी अध्यक्ष तुलसा घिमिरेले जानकारी दिनुभयो ।
प्रशासनले विकृति नियन्त्रणमा कदम नचाले आन्दोलनमा उत्रने चेतावनी समेत महिलाहरुले दिएका छन् । समितिका गंगा वास्तोलाले विकृति विसंगती अन्त्य गर्न चासो नदिए आन्दोलन गर्ने बताउनु भयो ।
चाडपर्वसँगै नजिक आइरहेको बेला विकृति विसंगती रोक्न महिलाहरु सकृय भएका हुन् ।
स्थानीय पत्रकार केदार चौहानले महिलाहरुको उक्त कार्य एकदम सकारात्मक भएको बताउनु भयो । इलाका प्रहरी कार्यालय उर्लावारीका प्रमुख चक्र बस्नेतले विकृति विसंगती रोक्न आफु प्रतिवद्ध भएर महिलालाई साथ दिने बताउनु भयो ।
No comments:
Post a Comment