Monday, September 13, 2010

सातौँ पल्ट नाटक मंचन

___________________देवेन्द्र काफ्ले ______________________________________
सातौं पल्ट पनि प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा बहुमत ल्याउन नसकी एमाओवादी प्रचण्ड कांग्रेसका रामचन्द्र पौडेल दुबै प्रत्यासीहरु पराजित भएको घोषण गरियो यसै पनि मुलुकै इतिहासमा सबैले लज्जा बोध गरी सके नै त्यसमा पनि संसदीय परीपाटीमा होमिएका एमाले मधेशी दलहरु ठस्थ बसी दिनाले मुलुकले प्रधानमन्त्री पाउन नसकी लोकतन्त्रकै उपहास भेरहेको आभास हुन्छ ६०१ जनाको जतिसुकै लर्को भएता पनि मूख्य तीन दलका नेता ईाजन भै दिएकाले डिब्बा सभासदहरु त्यति धेरै संख्यामा रहेता पनि तिनीहरु टाँगा घोडा जस्तो एक तर्फी इलभ धबथ लुरुलुरु हिड्न बाध्य भएका छन् जनताको अमूल्य मत पाई सांसद भएका व्यक्तिहरुलाई पार्टी भन्दा राष्ट्र ठूलो पार्टीको स्वार्थ भन्दा मुलुकको स्वार्थ धेरै ठूलो हो राष्ट्रिय स्वार्थको लागि फ्लोर क्रस के पार्टीलाई नै क्रस गर्नु परेपनि पछि हट्नु पर्ने भन्नेसम्म ज्ञान नहुनु सारै लाजमर्दो कुरो हो
यसैबीच भारतीय ूरू एजेण्ट राकेशसुदको चासो चलखेलले बल्ल-बल्ल टुङ्गोमा पुग्न आँटेको नेपाली राजनीति एकाएक खल्बलिन पुगेको राकेशसुद भनेको भारतीय सरकारी एजेण्ट हो भारतको सम्पूर्ण पूर्वी राज्यहरुमा भाकपा माओवादीले छक्का छुटाई दिएकोले नेपालमा एमाओवादी पार्टीको सरकार नबनोस् भन्न का लागि आफू तल्लै दर्जामा उत्रेर पनि अन्य भारतीय हनुमानहरु नेपालमा पठाएर भारतीय नेताहरु आफ्नो अनुकूल सरकार गठन गर्न चाहन्छन् त्यतिले पुगेर नेपाल भित्र विश्वाशीला चम्चा तैयार गरी एमाओवादी विरुद्ध खन्याएका छन् उनीहरुलाई ठूलो डर कथंकदाचित एमाओवादी सत्तामा पुग्यो भने भारतमा थुप्रै ठाऊँ दन्तेवाडा हुन सक्छन् किनकि भारतको छत्तिसगढ राज्यको दन्तेवाडा मा केहीदिन अघि भारतीय खमेरुजले सरकारी सैनिकको हत्या गरी दिएका थिए
यिनै चम्चामध्ये आफ्नो वाम मित्रलाई ज्यादनी दुश्मन ठानी कांग्रेसप्रति सती जाने के।पी। ओली भर्खरै विराटनगर आँउदा भने ूमाओवादीलाई कुनै हालतमा सत्तामा जान दिन्न त्यसका लागि पाले भएर बस्छु यदि माओवादी सत्तामा पुगेर सरकार गठन गर्छ भने यहाँ रक्तपात हुनेछ पाठक मित्रहरु ! अब भन्नुहोस् के।पी। ओलीलाई एमाओवादी पार्टीप्रति यत्रो पूर्वाग्रह किन लोकतान्त्रिक परिपाटी अनुसार बहुमतीय पद्धतीद्धारा मतदान भै रहेको दुई उम्मेदवारमध्ये कुनै एक चुनिनु वा चुनिनु यी सबै संसदीय प्रणाली भित्र संासदहरुले गर्ने काम हुन् यसमा ओलीले टाउको दुखाउनु पर्ने कुनै कारण नै देखिदैन एमाओवादीले सरकार बनाउदा उनलाई के घाटा कांगे्रसले बनाउँदा के लाभ ओली बाहेक एमालेमा थुप्रै नेताहरु छन् तर उनको जस्तो तल्लो स्तरमा उत्रेर कहिल्यै कसैले यसरी आक्रोश पोखेको पाईदैन पोई ले अर्को जोई सौता ल्याउदा पनि त्यतिसारो गाली गर्दिन होली जति के।पी।ओली एमाओवादीलाई गर्छन् यो पार्टीले उनको व्यक्तिगत आय आर्जनमा नोक्सान पुर्यायो कि यो एउटा ठूलो प्रश्न उठेको राजनैतिक क्षितिजमा आलोचना गर्नु नराम्रो कुरो होइन कुनै पनि व्यक्तिका लागि यो ऐना हो उसले सुधि्रने अघि बढ्ने मौका पाउँछ तर उनी आफुलाई कम्युनिष्टका मसिहा पनि भन्छन् आफू बाहेक अन्य वामलाई खराब ठानी त्यसरी आक्रोश पोख्छन् यसबाट उनी कति निकि्रष्ट घटिया नेता रहेछन् भन्ने पुष्टी हुदैन
झापा चुनाव क्षेत्र आफ्नो विर्ता ठान्ने ओलीलाई एमाओवादीका विश्वदीप लिङदेनले चित पारेको हुनाले यसरी बर्बराएका होइनन् ओलीलाई एउटा सम्मानित नेता ठानी जुनसुकै कार्यक्रममा आमन्त्रण गर्दा ूनानीदेखिको बानीू भने जस्तै उनको बोल्ने क्रममा शुरुदेखि अन्त्यसम्म एमाओवादीप्रति विष वमन गर्छन् हुन कत्तिलाई ओलीको आक्रोशित अभिव्यक्ति समसामयिक रुचिकर लाग्ला आत्मरति पनि होला तर गहिरिएर विचार गरौं आफू एमालेको ठूलो नेता हुँ भन्ने उनी जस्ता व्यक्ति टी।भी। च्यानल वा पत्र पत्रिकाको अन्तरवार्तामा आफूलाई जसरी प्रस्तुत गरेका हुन्छन् त्यसले उनको उचाई दिनानुदिन घटिरहेको हुन्छ ू२४८ वर्षको सामन्ती शासन हटाउन मेरो ठूलो योगदान मेरो अग्रभूमिका नहुदो हो यो मुलुकबाट सामन्ती राजतन्त्र हट्ने थिएनू भन्छन् उनी तर दशवर्ष जीवन-मृत्यु सँग पौठेजोरी खेल्दै जनयुद्ध लडेको एमाओवादी पार्टीले सामन्ती राजतन्त्र हटाउन खेलेको भूमिकालाई उनी चटक्क बिसर्िन पुग्छन् ऐले पनि जुन पार्टीले देशै उचाल्ने गरी बेला बेलामा आन्दोलन गर्छ त्यस पार्टीको शक्तिलाई ूयो केही पनि होइनू भनेर आँक्नु के।पी। ओलीको दृष्टि देाष हो कि काठमाडांैंमा बसेर टस्मसाउन नसक्ने भएका सुविधाभोगी ओली उपचारको बहानामा बेला बेला दिल्ली सैरसपाटमा उतै मंत्रणा लिन जाने गर्छन् यस्ता सौखिन नवधनाढय के।पी।जीको बयान गरेर साध्यै छैन यसबेला एमाओवादीको चक्काजाम गर्ने ठेक्का उनले लिएको देखिन्छ कसैकसैले ूवाह-वाह कमरेड ठीक गर्नु भयोू भनेकै भरमा सधै ठीक होला जस्तो मलाई लाग्दैन समयले यो कुराको छिनोफानो गर्ने उनमा सदबुद्धि आओस्
ूबत्तीमुनी अँध्यारोू भने झै अरुलाई अनाप सनाप भनेर आँफूलाई ठूलो ठान्ने के।पी। ओलीकै पार्टी उनकै कारण दुई खेमामा विभाजन हुन पुगेको पाइन्छ स्वयं अध्यक्ष झलनाथ वामदेव जस्ता व्यक्तित्वहरुको पंक्ति वामलाई सघाउन तयार तर के।पी। ज्यान गए पनि एमाओवादीलाई सघाउन चाहदैनन् बरु उनी कांग्रेसलाई सघाउन तत्पर छन् यसबाट के सिद्ध हुन्छ भने साँचो अर्थमा उनी वामपंथी नै होइनन् नाटक किन गर्नु के।पी। ओली ले सरक्क पार्टी परिवर्तन गर्दा भै हाल्यो नी कस्ले के भन्छ उतापट्टी पनि उनी जस्ता व्यक्ति प्रवेश भए अगरबत्ती लिएर तम्तैयार नै छन्
अर्को तिर मधेशीमोर्चा डण्डा तराजु लिएर सब्जी बजारमा मोलमोलाई गर्न बसेको व्यापारी जस्तो उनीहरुको आफ्नो कुनै सिद्धान्त कुनै लक्ष्य मौका को ताकमा बसेका उनीहरु ूताक परे तिवारी नत्र गोतामेू जस्तै हुन् चोथौ ठूलो शक्तिको रुपमा देखापरेको मधेशी मोर्चालाई भारतीय मंत्रणाले काम गरेको देखिन्छ यसरी लगातार भै रहेको मधेशी मोर्चा को तठस्तताले सातौ पल्ट पनि मुलुकले प्रधानमन्त्री पाएन निकास नै निस्किन सक्यो यसरी अब कति दिन यस्तो वाक्क लाग्दो नाटक माचन नेपाली जनताले हेर्नु पर्ने हो

No comments:

Post a Comment

अवलोकन कर्ताहरु