धनकुटा २९ भदौ
सँगै घुम्न गएकी धनकुटाकी एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन् ।
आत्महत्या गरेको भनिएकी खोकु-४ धनकुटाकी जयकुमारी राईको शव शनिबार धनकुटाको गुराँसे डाँडामा फेला परेको थियो ।
धनकुटा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत राईलाई गुराँसे डाँडामा रहेको भेडीगोठमा ´ुण्डिएर अवस्थामा प्रहरीले फेला पारेको थियो । धनकुटाबाट घर हिँडेकी राईले आत्महत्या गरेको बनाउन उनकै प्रेमीले हत्या गरेर झुण्ड्याएको प्रहरीले जनाएको छ ।
नेपाली सेनामा कार्यरत उनका प्रेमी फरार रहेकाले नाम गोप्य राखेको धनकुटाका प्रहरी नायब उपरीक्षक अरुण बिसीले जानकारी दिनुभयो । हत्याराको पहिचान भइसकेको र उनी फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घर हिँडेकी राईलाई उनका प्रेमी र अर्का एक व्यक्तिले मारुती भेनमा राखेर धनकुटाको हिले बजारबाट पाख्रीबास घुमाएर गुराँसे पुर् याई हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । उनलाई दुबै जनाले बलात्कार गरी हत्या गरेको बताइएको छ ।
´ुण्डिएर आत्महत्या गरेको जस्तो बनाइए शंकास्पद भएकोले प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । घटनामा राईका बुबा ज्ञानबहादुर राईले समेत छोरीले आत्महत्या नगरी उनको हत्या भएकाले अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
घटनामा संलग्न राईको प्रेमीका साथी वसन्त भनिने एकलब्य राईलाई भने प्रहरीले मंगलबार पक्राउ गरेको छ । मुख्य हत्यारा समेत चाँडै पक्राउ पर्ने प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment