_______________________******धरान २८ ******___________________________
अखिल क्रान्तिकारीका विद्यार्थीहरुले धरान -१६ स्थित सुनसरी टेक्निकल कलेजमा सोमबार तोडफोड गरेका छन् ।
कलेज साचालकसंग विभिन्न विषयमा वार्ताका लागि कलेज जाँदा आफूहरुमाथि अभद्र व्यावहार भएका कारण तोडफोड भएको अखिल क्रान्तीकारी सुनसरीले जानकारी दिएको छ । वार्ताका लागि क्रान्तिकारी सुनसरीका इन्चार्ज मदन चुडालको नेतृत्वमा गएका विद्यार्थीहरुलाई कलेजका साचालक समिति अध्यक्ष लेखी सूब्बाले अभद्र व्यवहार गरेको कारण यस्तो परिस्थिति सृजना भएको क्रान्तिकारीले आरोप लगाएको छ ।
क्रान्तिकारीका सुनसरी सचिव सिपी बजगाईले आफूहरुले चन्दा मागेको सुनियोजित आरोप लगाएर आफ्नो संगठनलाई बदनाम गराउने दुस्साहस भएको भन्दै विद्यालय साचालकले संगठनका जिम्मेवार व्यक्तिहरुलाई अभद्र व्यवहार गरेकोले यस्तो घटना भएको जनाएका छन् ।
त्यसैगरी कलेज साचालक लेखी सुब्बाले भनॆ मागेका जति चन्दा दिन नसकेको कारण क्रान्तिकारी विद्यार्थीले तोडफोड गरेको आरोप लगाउनु भएको छ । कलेज त्ााेडफोडवाट अनुमानित २ लाख भन्दा बढी क्षती भएको अध्यक्ष सुब्बाले भनाई रहेको छ ।
तोडफोडबाट प्रशासकीय अधिकृतको कार्य कक्ष कलेज प्रमुखको कार्य कक्ष र लेखा शाखामा रहेको फर्निचर र १ वटा कम्प्युटर तथा झ्याल ढोका दराज आदिमा क्षति पुगेको कलेजले जानकारी दिएको छ । कलेजले सोमबार तीन विद्यार्थीहरुको नाममा इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी समेत दिएको छ ।
अध्यक्ष सुब्बाले सोमबार विज्ञप्ति जारी गरी शान्तिपूर्ण वातावरणमा कलेज साचालन गर्ने वातावरण बनाई दिन तथा दोषी उपर कानूनी कारबाही गर्न प्रहरी प्रशासन नागरिक समाज पत्रकार राजनैतिक दल अधिकारकर्मीसँग माग गरेका छन् ।
No comments:
Post a Comment