प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै रकम लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एमालेकै सभासद् डोलबहादुर (डिबी) कार्की र उनका सहयोगी ब्रह्मानन्द उदासीनलाई पक्राउ गरेको थियो। दुवैजना विशेष अदालतको आदेशमा हिरासत छन्।
घुस लिने प्रहरीले बयानमा एक सर्वसाधारण र उद्योग विभागका उपसचिवलाई समेत पोलेका छन्। प्रहरीले अनुसन्धान जारी रहेको भन्दै उनीहरुको नाम भने सार्वजनिक गरेको छैन। उपसचिव र अर्का ब्यक्तिमाथि कारबाहीका लागि अख्तियारमा पत्र पठाउने तयारी गरेको प्रहरी स्रोतले बतायो।
सभासद् नेपालीले छोराले आफूलाई जानकारी नै नदिई पैसा दिएको दाबी गरे। 'परीक्षामा फेल भएपछि मात्र छोराले भन्यो,' उनले नागरिकसँग भने, 'मैले आफैं पैसा दिएको होइन।'
एआइजी प्रकाश कुँवरले आचार्य र सुनुवारलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताए। पक्राउ परेका प्रहरी प्रहरी प्रधान कार्यालयसँगै रहेको एक नम्बर गणको हिरासतमा छन्। दुवै प्रहरी अस्पतालमा कार्यरत थिए।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दलित कोटाको प्रहरी निरीक्षकको प्रतिस्पर्धा गरेका २५ वर्षीय नवराजको स्वास्थ्य परीक्षणका क्रममा हाइड्रोसिल देखिएपछि त्यसमा संलग्न सुरेन्द्रले ६ लाख दिए पास गराइदिने बताएका थिए।
सुरेन्द्रले लोकसेवा आयोगमा समेत कुरा मिलाइदिने आश्वासनसहित बैनास्वरुप भदौ ४ गते बबरमहलमा रहेको रातो भाले रेस्टुरेन्टमा २ लाख लिएका थिए। पैसा लिँदा उनले रकम लिएको भरपाईसमेत गरिदिएका थिए।
'६ लाख दिए प्रहरी निरीक्षक बनाइदिन्छु भनेर पैसा लिएका रहेछन् तर उसको नामै निस्केन,' सभासद् नेपालीले भने, 'भदौ ११ गते बल्ल बल्ल पैसा फिर्ता पाएँ।' अनुसन्धानका क्रममा दुवै प्रहरीले अभियोग स्वीकार गरेका छन्।
No comments:
Post a Comment