
आर्यन सिग्देल । नेपाली चलचित्रका चल्तिका नायक । उनले जति फिल्म खेले सबै हिट भएका छन् । करिव ८ वर्षको अथक प्रयासपछि उनले आजको अवस्थामा आइपुगेका हुन् । पछिल्लो समयका राम्रो व्यापार गर्न सफल फिल्म किस्मत, हिफाजत, मेरो एउटा साथी छ र अहिले पोखरामै प्रर्दशन भइरहेको फिल्म फर्केर हेर्दा यी सबै चलचित्रका नायक हुन् आर्यन । थोरै समयको उतारचढावमा उनले एक दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका प्राय सबै फिल्मले राम्रो व्यापार गरेका छन् । त्यसैले होला अहिले उनलाई फिल्मको छायंकनको लागी र साथीभाईलाई भेटघाटको लागी समय मिलाउन समेत हम्मे हम्मे परेको छ । साथीभाईलाई समय नदिएर होला उनका कतिपय हितैषिले घमण्डीको संज्ञा पनि दिएका छन् । तर वास्तवमा उनि घमण्डी नभएको दावी गर्दै उनको बाध्यतालाई वुझि दिन साथी भाईलाई अनुरोध गरेका छन् । पोखरामा आर्यन अहिले आई एम सरी नामक फिल्मको छायंकनको लागी आएका छन् । यहि मौका छोपी एनएम खबरका लागि दिपक ओझाले गरेको कुराकानीको संक्षिप्त अंश ।
- पोखराको वसाई कस्तो छ ?
पोखराको वसाई रमाइलो नै भएको छ । तर यसपालि अलिबढी गर्मी लाग्यो । गत वर्षको यो समयमा यति गर्मी भएको थिएन, खै यसपालि के भयो । काममा पनि बढी नै व्यस्त भइयो । विहानदेखि बेलुकासम्म सुटिङ्ग मात्रै । पोखरा आएर पनि पोखरा घुम्न पाएकै छैन ।
- आई एम सरी कस्तो फिल्म हो ?
यो फिल्म विशुद्ध प्रेम कथामा आधारित छ । यसमा अन्य मसला भन्दा पनि सबै मसलाहरु लभ संगनै सम्बधित रहेका छन् । फिल्ममा केटाले केटीलाई र केटीले केटालाई आई लव यू भन्दा पनि आई एम सरी भनेर प्रस्तावको स्विकारोत्ती गर्ने हो । वास्तवमा यो फिल्म रमाइलो छ ।
- तपाई त थोरै समयमा धेरै जनाको यूनिटसँग काम गर्नु भयो । अनि यो लगभग सबै नयाँ टिम हो काम गर्दा कस्तो भइराखेको छ ?
हजुर, मलाई पनि लागेको थियो सबै नयाँ रहेको टिमसँग काम गर्दा समस्या आउँछ कि भन्ने तर त्यस्तो भएन । नयाँमा पनि निकै रमाइलो भइरहेको छ । नयाँ निर्देशक हुँदा पनि पोखराका चल्तिका कुरालाई भन्दा पनि पोखराका नदेखिएका सुन्दरतालाइ देखाउन प्रयास गर्नुभएको छ निकै रमाइलो भएको छ । नयाँको भान भएको छैन ।
-तपाई त चुजी मान्छे, यो टिमसँग काम गर्ने निर्णय कसरी गर्नुभयो ?
यो फिल्मको प्रस्ताव आउनुभन्दा पहिल्यै पनि यसको निर्देशक निर्मातासँग चिनजान थियो । अझ उहाँहरु त मेरै गाउँलेहरु, त्यसैले पनि यो फिल्ममा काम गरे । अनि यसको स्किप्ट पनि हेर्दा निकै रमाइलो लाग्यो । मन पर्यो अनि काम गर्ने निधो गरेको हुँ । मेरो आवस्यकता र मागहरु पुरा गर्न निर्माण पक्ष तयार भएपछि काम गरेको हुँ ।
- तपाई त टेलिभिजको पर्दाबाट आउनुभएको, काममा कत्तिको फरक पाउनु भयो ?
खासै अन्तर लागेन । सबै एउटै जस्तो लाग्यो । भिडियोमा सानो लगानी र सानो टिममा काम गरियो फिल्ममा ठुलो लगानी र ठुलो टिममा काम गरियो यत्तिनै हो । टेक्निकल कुरा एउटै हो । खुसी छु यसमा काम गर्दा ।
-टेलिभिजनको पर्दामा काम नगर्ने ?
मेरो अस्तित्वनै टेलिभिजनको देन हो । तसर्थ म यसलाई माया मार्दिन मिलाएर कहिले काहि गर्छु । तर समय नभएर काम गर्न नपाएको हुँ मिलाएर गर्छु । चाहना मात्रै भएर के गर्नु समयले साथ दिएन तर प्रयासमा छु । छिट्टै गर्छु ।
-अहिले त तपाईले टेलिभिजको मोडलिङ्गलाई विर्सनु भयो नि खै नयाँ भिडियो आएकै छैन ?
समय नभएर नै नगरेको हुँ । के गर्ने फिल्ममा वढि व्यस्त भएर हो । ठुलो वजेटको फिल्म छोडेर भिडियो गर्नपनि नमिल्ने । प्रोडुसरलाई घाटा हुन्छ मैले एक दिन सुटिङ्ग रोक्दा लाखौं घाटा हुन्छ समस्या छ । अनि म पारिश्रमिकमा सम्झौता गर्दिन त्यसैले भिडियोका निर्देशक निर्माताले नलिएर पनि नगरेको हुँ ।
- तपाई त नेपालका सबै खाले प्रविधिमा काम गरीसक्नु भयो कस्तो महसुस भएको छ ?
नरमाइलो अनुभव रहेको छ मेरो । प्रविधिले सबैकुरा फरक पार्छ । मलाई त अझै पनि ३५ एमएम -सिनेमास्कोप) को प्रविधिमा काम गर्ने रहर छ, तर जमान डिजिटलमा गयो । हुन त टुकेको प्रविधिमा काम गर्दा त्यसको क्वालिटी राम्रो हुन्छ तर पनि म सन्तुष्ट छैन ।
-तपाई त कलकार यसले के फरक पार्छ र ? फेरी टुकेले कलाकारलाई छायांमा पार्छ हो ?
हो । यसले कलाकारलाई छायांमा पार्छ । सबै कलाकारको चाहना आफुले अभिनय गरेको फिल्म देशको सबै ठाउँमा चलोस् भन्ने चाहन्छ तर डिजिटल प्रविधि नेपालका सबै हलमा उपलव्ध छैन तसर्थ हाम्रो फिल्म सवै ठाउका दर्शकले समान रुपमा हेर्न पाउदैनन् । नेपाली सिनेमाको प्रविधि सिनेमास्कोपमा जानु पर्ने हो तर जान सकेन, खैर सन्तुष्टिनै छु । देश अनुसारको भेष त गर्नुनै पर्यो ।
- तपाईले अभिनय गरेर प्रर्दशनमा आएका सवै फिल्म विदेशी फिल्मवाट प्रभावित भएका छन् नि ?
नराम्रो रचना भन्दा राम्रो कपि उत्तम हो । प्रभावित हुनु नराम्रो हाईन । विश्वमै फिल्मका क्षेत्रमा यस्तै परिपाठी रहेको छ । अनि राम्रो कुराको सिको गर्नु राम्रो होइन र ? कुनै कुराबाट प्रभावित भएर काम गर्दा राम्रो हुन्छ भने कपि गर्नुलाई नराम्रो भन्न मिल्दैन ।
- तपाईले अभिनय गरेका मध्ये सबै फिल्म विदेशीबाट प्रभवितहरुनै सफल भएका छन् हैन ?
खै यो मेरो भाग्य होला । तर काममा मैले सवैमा सकेसम्म मेहनेत गरेको हुन्छु र राम्रो फिल्म दिने प्रयास गर्छु । तर संयोग भनौ मैले गरेका अधिकतम फिल्म विदेशिबाट प्रभावित राम्रो सफल भएका छन् । तसर्थ म नराम्रो रचनाकार भन्दा राम्रो नक्कल गर्ने गर्छु ।
-विदेशीबाट प्रभावित हुदाँ कत्तिको सन्तुष्ट हुनुभएको छ ?
हुन त सबै आफ्नै क्रियसनको फिल्म गर्न मन छ । तर मेरो भाग्य यस्तो परेकै छैन । खासै नेपाली पनको फिल्म नपाएर नै हो हेरौं अब के हुन्छ ।
-तपाईले अभिनय गरिरहेको फिल्म आईएम सरी पनि कुनै फिल्मबाट प्रभावित हो ?
(कसम खांदै) यो मुभि कपि हो भन्ने अझसम्म थाहा पाएको छैन । मैले हेरेका कुनै पनि फिल्ममा यो फिल्म मिलेको छैन । मलाई लाग्छ यो मुभि कतैबाट प्रभावित छैन, आफ्नै पनको हो ।
-तपाई जहिले पनि लभस्टोरीमा मात्रै देखिनुभयो अन्यत्र देखिनु भएन नि ?
सबैले एउटै खालको मात्रै प्रस्ताव गर्छन् । प्रस्ताव आएमा म सबै खालका फिल्ममा काम गर्न इच्छा छ । म फाईट, नृत्य, कमेडी सबैमा काम गर्न सक्छु यस्तोमा मलाई कसैले प्रस्तावनै गरेन ।
- सबै कलाकार पछि गएर निर्माता निर्देशक बन्न चाहन्छन् तपाई के बन्ने ?
हेर्नुस् आजसम्म मैले कलाकारिता छोडेभने के गर्छु भन्ने थाहा छैन । मेरो कुनै योजना पनि छैन फिल्मको निर्माता बन्ने निर्देशक बन्ने । तर पर्दा पछाडि काम गर्न भने मन पर्छ । पर्दा पछाडी निर्देशनमा बढी क्रियसन हुने भएकाले म संभवत निर्देशन गर्छु होला ।
- अन्य कलाकार र फिल्म सहकर्मीहरुसंग तपाईको सम्वन्ध कस्तो छ ?
मैले थाहा पाएसम्म सबै संग राम्रो सम्बन्ध राख्ने प्रयास गरेको छु । मैले जति पनि फिल्म खेलेको छु सबैमा म एक्लो नायक भएकाले कुनै कलकारसाग मेरो व्यक्तिगत रिसइवी छैन । म संग त्यस्तो सोच्ने समयनै छैन । जसले यस्तो व्यवहार गर्छ त्यो गलत हो यसले मानिसको प्रगतिमा घक्का दिन्छ तसर्थ म यस्तो गर्दिन र गरेको पनि छैन ।
- नेपाली फिल्मलाई कसरी हेर्नुभएको छ ?
नेपाली फिल्म निर्माणको लेवलमा बसेर विश्वमा कसैले पनि यति राम्रो फिल्म बनाउन सक्दैन । यहाँको प्रविधिमा पनि परिवर्तन हुंदै विकास भएको छ काममा व्यवसायीकता आएको छ । यो पनि राम्रो व्यवसाय हो भनेर सवैले सोच्न थालेका छन् ।
- तपाईको व्यक्तिगन जीवन कस्तो छ ?
मेरो त व्यक्तिगन जीवनै छैन । जहिले पनि सुटिङ्गमा मात्रै व्यस्त भइएको छ । यस्तो हुंदा कहिले काहि त मनमा असन्तोष पैदा हुन्छ । तर पनि दर्शकको माया सम्झदा भने निकै खुसि लागेको छ ।
-विपरित लिङ्गप्रति तपाईको आर्कषण कस्तो छ ?
यो त विपरित लिङ्गमा भर पर्ने कुरा हो उनि जति आकर्षक छन् म उति आकर्षण हुन्छु । (लामो हासो......) सामान्यतया म मा यस्तो चाहना भएर पनि नियन्त्रणमा राख्छु । कहिले काहि यस्ता कुराले समस्या पारेको पनि छ । तर काममा भने कुनै अप्ठ्यारो परेको छैन ।
- तपाई घमण्डी हुनुहुन्छ नि ?
होइन, म घमण्डी छैन । जो सुकै पनि राम्रो ठाउँमा पुगेपछि उसको कुरा काट्ने काम गरिन्छ मेरो पनि कुरा काटेका होलान् । तर म यसलाई मतलव गर्दिन । काममा व्यस्थ हुन्छु । तर कसैले व्यक्तिगत रिसइबी राखेर यस्तो भनेका होलान् मलाइ कुनै फरक पर्दैन ।
- अन्त्यमा एनएम खबर मार्फत् केहि भन्न चाहनु हुन्छ ?
सबैले आर्यन सिग्देललाई सोचिरहेका छन् घमण्डी छ भनेर तर म वास्तवमा घमण्डी छैन । जसले म संग संगत गरेको छैन उसले मात्रै घमण्डी भनेका हुन् । म वाचेको फिल्मका लागी हो र जे गरेपनि यसैका लागी गर्छु । सकेसम्म राम्रो गर्छु ।
No comments:
Post a Comment