Wednesday, September 8, 2010

महोत्तरी मालपोत कार्यालयमा बम बिस्फोट ।


जनकपुर , भाद्र २३ गते ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको मालपोत कार्यालयमा गए राती बम बिस्फोट गराएको छ ।
बम विष्फोटका कारण मालपोत कार्यालयको तामेली फाँटको भवन पुर्णत क्षतीग्रस्त भएको छ भने फाँट भित्र रहेको अधिकाँश कागजपत्र र फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मालपोत कार्यालयका प्रमुख लालदेव राय यादवले व्यापक रुपमा भ्रष्टाचार गरेको भन्दै अखिल तराइ मुक्ति मोर्चाका कार्यकर्ताहरुले बम बिस्फोट गराएको संचारकर्मीहरुलाई फोन मार्फ जानकारी गराएको छ । र्माचाले मंगलबार अबेर राती ११ बजे मालपोत कार्यालयमा बम बिस्फो गराएको हो । ठुलो आवाज सहित बम विष्फोटन भई भवनमा आगलागी भएको र आगलागीलाई राति नै सुरक्षानिकायले नियन्त्रणमा लिएको दावी गरे पनि आगो वुधबार बिहान सम्म सल्केको देखिएको थियो ।
यसैबीच सोही समुहले मधेश विरोधी पार्टी भएको भन्दै एकिकृत नेकपा माओवादी पार्टी कार्यालयको जलेश्वर-५ स्थित पार्टी कार्यालयमा समेत वम विष्फोट गराउने प्रयास गरेको छ । सेतो झोलामा पार्टी कार्यालयको गेटमा राखिएको सो वम भने विष्फोट हुन सकेन । वुधबार बिहान नेपाली सेनाको परिकौली स्थित शेरगणबाट आएको डिस्पोजल टोलीले वमलाई डिष्पोज गरेको छ । वम विष्फोटको कारण जलेश्वरको जनजीवन अहिले पनि आतंकित रहेको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु