Friday, September 3, 2010

सभासदले नै घूस खुवाए प्रहरी इन्स्पेक्टर बनाइदिन्छु भन्दै घूस खाने एक सभासद सप्रमाण गिरफ्तार भएको चार दिन नबित्दै अर्का यस्ता सभासद भेटिए जसले छोराला

भाद्र १८ - नुवाकोटका सभासद गोविन्द नेपालीले छोरालाई इन्स्पेक्टर बनाउन प्रहरी अस्पतालका दुई असईलाई एक-एक लाख रुपैयाँ घूस खुवाए । तर लिखित परीक्षाबाटै छोरा फालिए पछि जिल्ल परे । एमाले सभासद नेपाली र असईहरूबीच छ लाख लेनदेनको सम्झौता भएको थियो ।

दलित कोटाबाट इन्स्पेक्टर पदमा दर्खास्त दिएका सभासदका छोरा नवराजले बाबुबाट पैसा लिएर असईद्वय सूर्यबहादुर सुनुवार र सूर्यबहादुर पौडेललाई बुझाएका थिए । मेडिकलमा फेल भइसकेका नवराजलाई असईद्वयले पैसा हात परेपछि उत्तीर्णको सूचीमा नाम निकालिदिए । तर, लिखितमा नाम ननिस्किएपछि पैसा फिर्ता माग्दा उनीहरूले दिन मानेनन् ।

न छोरो इन्स्पेक्टर बन्यो, न घूस दिएको पैसा फिर्ता पाइयो ! इन्तु न चिन्तु भएका सभासद नेपाली अन्ततः प्रहरी महानिरीक्षक रमेश चन्दकोमा पुगे । 'आईजीलाई जानकारी गराएपछि दुई असईलाई प्रहरी अपराध अनुसन्धान विभागले नियन्त्रणमा लिएर पैसा फिर्ता गराई अनुसन्धान थालेको छ,' एक प्रहरी अधिकृतले भने, 'नाम निस्किएको भए हल्ला हुँदैन थियो, ननिस्किएपछि सभासद आफै ले पैसा उठाउन पहन गरे ।'

प्रहरी प्रवक्ता विज्ञानराज शर्माले उनीहरूमाथि छानबिन भइरहेको जानकारी दिए । दोषी प्रमाणित भए जागिरबाट निलम्बित गरिने अर्का एक अधिकृतले बताए । 'मेडिकलमा फेल भएकालाई उत्तीर्ण गराउन सके, तर लिखितमा उनीहरूको पहुँच भएन,' ती अधिकृतले भने, 'बीचमा बसेर नेतादेखि प्रहरीका विभिन्न पदका व्यक्तिले पैसा असुल्छन्, नाम निस्किहाले लट्री परेजस्तै हुन्छ, नत्र फिर्ता गर्नुपर्छ ।'

'छोराले पैसा दिएको रहेछ, नाम ननिस्किएपछि मलाई सुनायो,' सभासद नेपालीले भने, 'मैले प्रधान कार्यालयलाई जानकारी गराएर पैसा फिर्ता लिएँ ।' प्रहरी प्रधान कार्यालयले ८० जना इन्स्पेक्टर पदमा दर्खास्त मागेमध्ये दलित, पिछडिएको, आदिवासी, महिला लगायतबाट ३५ जनाको नाम निकालिसकेको छ । चार दिनअघि मात्र खोटाङका राजकुमार राईलाई इन्स्पेक्टर बनाइदिने भन्दै एक लाख घूस लिँदालिँदै सभासद डोलबहादुर (डीबी) कार्कीलाई अख्तियारले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २०६७ भाद्र १८ kantipur News

No comments:

Post a Comment

अवलोकन कर्ताहरु