
भाद्र १६÷२०६७ सालकॊ मिस नेपाल सदीक्षा भएकी छिन् । भर्खरै मात्र सम्पन्न भएको मिस नेपालका सहभागीहरुलाई पछि पार्दै उनी मिस नेपाल २०६७ बन्न सफल भएकी हुन् ।
सधैजसो यसवर्ष पनि विभिन्न संगठन र व्यक्तिहरुको आपत्ति आए पनि
सदीक्षाले भने यस वर्षको मिस नेपालको उपाधी जितेर छाडिन् ।
बुधबार राजधानीमा सम्पन्न प्रतियोगितामा १७ जना युवतीलाई पछि पार्दै काठमाण्डौकी १९ वर्षिया सदीक्षा श्ररेष्ठले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
प्ले मिस फोटोजेनिक अबिर्ट मिस पस्रनालिटी र सेफ्टी मिस स्मार्ट वाल्कमा समेत सदिक्षाले कब्जा जमाइन् । यसअघि सन् २००९ को मिस नेपाल जेनिसा मोक्तानले जितेकी थिईन् ।
त्यसैगरी फस्ट रनर अप सहाना बज्राचार्य भइन् भने संयुक्ता ति_िम्सना सेकेन्ड रनरअफ भएकी छिन् । प्रतियोगितामा डाबर वाटिका मिस ब्युटिफुल हेयर सुजाता स्वाँर फेम मिस ब्युटिफुल कम्प्लेक्सन पि्रया रानी लामाले जितेकी छिन् भने मिस व्यूटिफूल स्माइल अनिता आचार्यले जितिन् ।
महिला अधिकारकर्मी तथा एकीकृत नेकपा माओवादीसँग सम्बद्ध महिला संगठनको विरोधका कारण यसअघि सन् २००७ र सन् २००८ मा मिस नेपाल प्रतियोगिता हुन सकेको थिएन ।
No comments:
Post a Comment