रात्री क्लव १२ बजेसम्मात्र चल्न पाउने भएपनि उनीहरु बढी समय क्लबमा विताएका थिए। आठ घन्टापछि प्रहरीले उनीहरुलाई 'अवदेखि यस्तो गतिविधि नदोहर्याउने सर्त' गराएर छाडिएको छ।
कानुन विपरित डिस्कोमा समय बिताएकोले उनीहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी वृत्त हनुमानढोकाका एसपी रमेश खरेलले जानकारी दिए। उनका अनुसार लिखित माफी मागेपछि उनीहरुलाई छाडिएको हो। बिहान ९ बजे उनीहरुलाई छाडिएको हो।
सिंह याक एन्ड यतिमा रहेको क्यासिनो रोयलका मालिक समेत हुन्। उनलाई एक नृतंगनाका साथ भेटिएको थियो। ती युवतीसहित ६ जना नाच्ने युवतीहरु पनि पक्राउ परेका थिए।सिंहसँगै मेलिना डंगोल, सुस्मिता ढकाल कोइराला, कुमारी गुरुङ, लिला लामा, छैला लामा, सितल राई, इन्द्रध्वज कार्की, वासुदेव भट्ट, राजकुमार सिंह, सुर्य गुरुङ, संजय रायमाझी, रत्न लामा, मनोहर कोइराला, गौतम सिंह, विजय श्रेष्ठ, महम्मद नजामिन र अमर महर्जन पक्राउ परेका हुन्।
No comments:
Post a Comment