जलविद्युत निर्माणमा खटिएका मजदुर बसेको क्यम्प बगाउँदा ८ मजदुरको मृत्यु भएको छ। ३ जना अझै वेपत्ता छन् भने १२ जनाको घाइते अवस्थामा उद्दार गरिएको दोलखाबाट नागरिकन्युजकर्मी रमेश खतिवडाले जनाएका छन्।
दोलखाको गौरीशंकर गाविस ९ स्थित सिप्रिङ खोलामा आएको बाढीले बगाउँदा १५ जना वेपत्ता भएका थिए। तीमध्ये ८ को शव प्रहरीले फेला पारेको जनाएको छ। मुलखर्कमा खोला थुनिएर आएको बाढीले निर्माणाधीन सिप्रिङ जलविद्युत आयोजनामा कार्यरत मजदुरहरु बस्ने क्याम्प बगाएको थियो।
सिनर्जी हाइड्रोपावर प्रालिका जुनियर इन्जिनियर चेतनाथ नेपालले घाइतेमध्ये दुईको अवस्था भने चिन्ताजनक रहेको जनाएका छन्। ६ जना घाइतेहरुलाई हेलिकप्टरमार्फत उपचारको लागि चरिकोट ल्याउने तैयारी भइरहेको जनाइएको छ।
No comments:
Post a Comment