Thursday, August 5, 2010

घुमघाम पुग्यो हङकङ-मकाउ

हङक, श्रावण १८ - घडीले साँझ आठबजेको संकेत के गरेको थियो, स्टार फेरिस्थित आकाशमा संगीतको धुनसँगै रंगीविरंगी विद्युतिय प्रकाश नाच्न सुरु भइहाले । समुद्री तटमा जोडिएका गगनचुम्बी भवनहरुबाट निस्किएका तिखो प्रकाशका किरण खुलेको निलो आकाशमा विभिन्न आकृति बनाउदै नाच्न थाले ।

हङकङ घुम्न आउने पर्यटकहरुको मुख्य आकर्षण मध्येको एक यसलाई हेर्न हजारौं दर्शक पहिले नै एकत्रित थिए । तस्बिर लिनेहरु बिच तछाडमछाड नै चल्यो । एकैपटक सयौं क्यामराका फ्ल्यास लाइट बले । 'सिम्फोनी अफ लाइट्स' भनिने उक्त आकर्षणलाई क्यामरामा कैद गर्नेहरुका भीड्मा त्यहँा कान्तिपुर टेलिभिजनको टोली पनि थियो । हङकङ स्टार फेरिको यो आकर्षण अब केही हप्ताभित्रै केटिभिको लोकपि्रय कार्यक्रम 'घुमघाम' मार्फत यहँाको टेलिभिजन सेटमा पनि आइपुग्नेछ ।

घुमघामले स्टार फेरिको आकर्षण मात्र होइन हङकङका प्रसिद्ध पर्यटकिय स्थलहरु डिजनील्याण्ड, ओसिन पार्क, लान्ताउ आइलैण्ड, रिपल्स बे, एबरडिन लगायत तपाईलाई जुवाका लागि विश्वचर्चित क्यासिनो सहर मकाउ पनि डुलाउनेछ । यहँाका मुख्य आकर्षण नेपाली दर्शकहरु मँाझ पुर्‍याउन चर्चित कार्यक्रम प्रस्तोता भुषण दाहाल सहितको टोली करिब दश दिनअघि हङकङ आइपुगेको हो । सोमबारका सँाझ टोली सँगै भेटिएकी कार्यक्रम निर्माता प्रभा अमात्य पनि यहँाको चमकधमक देखेर दंग थिइन् । 'कस्ता अचम्म-अचम्मका चीज देखिए,' उनले फुर्किदै भनिन्, 'हङकङ एकपटक आउनै पर्ने ठाउँ रहेछ ।' टोली एकदिन अघिमात्र दुईदिने मकाउको छायांकन सकेर हङकङ फर्किएको थियो

कार्यक्रम संचालक भुषण दाहाललाई भने अमेरिकी कम्पनी लास भेगास स्याड्स द्वारा संचालित मकाउको विशाल पँाचतारे होटल भेनिसनको चमकधमक र एकैपटक हजारांैले खेल्न सक्ने विशाल जुवाघरले तानेछ । 'एट्टीज तिर मकाउ आएको थिए,' उनले भने,' तर यो देशको विकासले अचम्मै लाग्ने गरी फड्को मारेछ ।' झण्डै पँाचलाख बयालिस हजार मात्र जनसंख्या रहेको मकाउ उनलाई शान्त लागेछ । भेनिसन क्यासिनोमा प्रवेश गरेपछि भने उनले ठट्टा गर्दै भने, 'हजारौंको भीड् यहँा जम्मा भएको रहेछ, सड्क त शान्त हुने नै भयो नि ।' विश्वकै अग्लो बञ्जी जम्पिङ स्थल मकाउ टावर पुगेपछि दाहाल केहीविर विभिन्न मुद्रामा तस्बिर खिचाउन व्यस्त भए । छायाकार शिवराम श्रेष्ठ भने मकाउ टावर माथिबाट हामफाल्न तयार एक युवतीको श्रव्यदृष्य खिच्न क्यामरा सोझाई हाले ।

'नेपालमा ट्राभल कल्चर डेभलप गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो,' निर्माता अमात्यले भनिन्, 'घुमघामप्रति दर्शकले देखाएको रुचिले हामीलाई उत्साहित बनाएको छ ।' टुर संयोजक ललित मण्डप ट्राभलका अमोघ रत्न शाक्य भनेे भ्रमणलाई कम खर्चिलो बनाउने टिप्स पस्कदै थिए ।

'अधिकांशले विदेश घुम्नु अत्यन्तै खर्चिलो हुने बुझेका छन्,' उनले भने, 'गन्तव्य निर्धारण गरी समूहमा गरिने भ्रमण थोरै बजेटमा पनि गर्न सकिन्छ ।' घुमघाम गर्नुलाई फजुल खर्च बताउनेहरु प्रति भने शाक्यले विमति पोखे । त्यसो त ट्राभल व्यवसायी नै भएकाले पनि होला टोलीको हङकङ व्यवस्थापक फिसटेल ट्राभलका कृष्ण पाण्डेले समेत शाक्यकै भनाईमा सही थापे ।

घुमघाम अहिलेसम्म कहँा-कहँा पुग्यो त ? प्रश्नमा कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी निर्माता भुषण दाहाल बोले, 'स्वदेशका अधिकांश पर्यटकीय स्थलहरु लगायत सिंगापुर, मलेसिया, थाइलैण्ड, टर्की, साउथ अपि|mका लगायतका मुलुक पुगिसक्यो ।' यसपछि घुमघाम गन्तव्य कता हुनेछ ? 'अब नेपाली दर्शकहरुलाई छिट्टै श्रीलंका घुमाउने योजनामा छौँ ।' टुर संयोजक अमोघ रत्न शाक्यले अनुहार उजेलाउदै सुनाए ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु