Sunday, August 1, 2010

सेनाको शान्ति स्थापनासम्बन्धी सम्मेलन सुरु

श्रावण १६ - नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रीय कमाण्डको संयुक्त आयोजना शान्ति स्थापनासम्बन्धी चारदिने सम्मेलन आइतबारदेखि राजधानीमा सुरु भएको छ ।

नेपालमा पहिलोपटक आयोजना गरिएको उक्त सम्मेलनको आइतबार एक कार्यक्रमकाबीच उदघाटन उपरथी अनिलजङ्ग थापाले गर्नुभएको गरे । सम्मेलनमा शान्ति स्थापनासम्बन्धी ज्ञान र अनुभवको आदानप्रदान तथा आपसी सम्बन्ध विस्तारका उपाय र क्षेत्रीय सङ्गठन स्थापनालगायतका विषयमा छलफल हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सम्मेलनमा नेपालसहित बङ्गलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, फिलिपिन्स, श्रीलङ्का र थाइल्यान्डका शान्ति स्थापनामा संलग्न सैनिक पदाधिकारी, शान्त्िा स्थापना तालिम केन्द्रको अन्तर्राष्ट्रिय सङ्घ, संयुक्त राष्ट्र सङ्घअन्तर्गत शान्ति स्थापना अभियानका प्रतिनिधि एवम् सहजकर्ताको समेत सहभागिता रहेको निर्देशनालयले जनाएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु