Tuesday, August 24, 2010

पीडित शरणार्थीले भात मागेका हौं


केही महिना अघिबाट भूटानी शरणार्थी शिविरहरुमा विश्व खाद्य कार्याक्रमले गरेको प्रमाणीकरण पछि धेरै शरणाार्थीहरु भोकभोकै बस्नु पर्ने वाध्यतामा छन् । पछिल्लो समय राशन उपलव्धका लागि पटक पटक क्याम्प व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय झापा र सम्बन्धीत निकायसँग पहल नगरेका पनि होइनन् । तथापी अझै ३ हजार बढी शरणार्थीहरुलाई हरेक दिनको गाँसको समस्याले पिरोलिरहेको छ । यी पीडित शरणार्थीको राशन उपलब्ध गराउनको लागि अनुरोध गर्न केही समय अघि सात शिविरको प्रतिनिधित्व गर्दै राहत बन्चित पीडित शरणार्थी समूह गठन भएको छ । समूहले हाल पीडित शरणार्थीलाई राशन उपलव्ध गराउँन विभिन्न गुनासोहरु राख्दै आएको छ । समूहका संयोजक नन्दु पौडेलसँग डिकेश लामाले गर्नु भएको कुराकानीको सार संक्षेप ।

राहत बन्चित पीडित समूह किन गठन गर्नु भयो
हामी शरणार्थीहरु सबै एकै हौं सवैले पाईरहेको राशन एकासी रोक्का गर्न थाले पछि सम्बन्धीत निकाय सँग सहयोग गर्न पहलको लागि यो समूह गठन गरेको हो ।

तपाईहरुले पछिल्लो पल्ट सार्वजनिक गरेको विवरण कसरी संकलन गर्नु भयो
हामीले यो समूह सवै पीडितहरुको लागि भनेर गठन गरेका हौं र हाम्रो कसैको एकै घरका आधाको राशन छ त कसैको छैन यसले गर्दा पनि हामीलाई विवरण संकलनमा सवै तहबाट सहयोग पुगेकेा छ । मुख्य गरेर क्याम्प व्यवस्थापन समितिको महत्वपूर्ण सहयोग रहेको छ भने समूह सातै शिविरको अनुगमनमा हिडेको पनि छ ।

क्याम्पमा यस विवरण बाहेक बालबालिकाको पनि धेरैको राहत छैन भन्ने तपाईले जानकारी दिनु भयो नि कति छन् ।
हामीले प्रकाशित गरेको प्रेश विज्ञप्तीमा नै भनेका छौं कि ३ हजार १ सय ९० शरणाार्थी बाहेक अरु पनि निक्कै संख्यामा मिश्रिति विवाहबाट तथा अन्य कारणले अभिभावक विहीन बालबालिकाहरु छन् । अर्को कुरा भूटानमा त्यहाँको सरकारले बन्दी बनाएर राखेका हाम्रा नातेदारहरु पनि आउने क्रम जारी छ । अव तपाई भन्नुहोस् सवै परिवार यहाँ बसे पछि एउटा नेपाली भाषी भूटानीले शिविरमा आउँदा शरणार्थीको दर्जा पाउने कि नपाउने ।

जेलबाट छुटेर आउने शरणार्थीलाई पहिले त ऊ शरणार्थी हो कि होइन छुट्याउनु परेन र
त्यो जरुर हो हामीले पनि गैर शरणार्थीलाई राशन दे भनेका छइनौं । पहिले पहिले जेलबाट आउनेहरुको लागि भूटानी हो कि होइन त्यसको लागि यूएनएचसीआर आफै काँकडभिट्टामा स्क्रीनिड्ड पोष्ट खडा गरी जाँचचेक गरी प्रमाणिकरण गरिन्थ्यो तर अहिले त्यो पनि छैन । तर उसको परिचयको लागि हाम्रा जेल जिवन भोगेर आउने शरणाार्थीको भूटानी परिचय सम्बन्धी कागजात भने अवश्य छ ।

तपाई पनि जेल बस्नु भएको रे हो
हो म पनि भूटानको केन्द्रिय जेल चेम्गाड्डमा साढे चार बर्ष र अन्य क्षेत्रका जेलमा गरी लगभग ९ बर्ष जति जेलमा बसे ।

जेलमा याताना दियो कि दिएन
जवसम्म रेडक्रसले जेलको भिजिट गरेन त्यतिखेर सम्म चाँही खाना खाँदा समेत पशुले जस्तो कुदेर गएर खाना खानु पथ्र्यो भने वाँड्दा बाँढ्दै खाना पुगेन भने कोही भोकै पनि बस्नु पथ्र्यो । कहिले बरफमा सुताउँथ्यो कहिले साह्रै नराम्री कुट्थ्यो । याताना त कति सहियो सहियो नि । तर जव सन् १९९३ बाट अन्तराष्ट्रिय रेडक्रस संगठन र एम्नेष्टीले पहल र जेलबन्दीले पाउनु पर्ने अन्तराष्ट्रिय अधिकारको कुराहरु केही हदसम्म लागु भयो ।

भोलि ६ तारिख यो पेन डाउँन कार्यक्रम किन गर्न लाग्नु भयो
यो कार्यक्रम भन्दा पनि हामीलाई भात देऊ भन्ने आवाज गरेका हौं जुन आवाज निकाल्न सवै निकायले सहयोग गर्नु भएको छ । यसका लागि सवै भन्दा पहिले सातै शिविरका सचीव र सीएमसी परिवारको ठूलो सहयोग छ । पेन डाउन भनेको एक दिन सातै शिविरको सम्पुर्ण काम कार्वाही वन्द गरेर सम्बन्धीत निकायमा हाम्रो भात देऊको अनुरोधको कार्यक्रम यो र ६ तारिख हाम्रो यो कार्यक्रम सफल हुन्छ नै ।

अझै पनि पीडित शरणाार्थीलाई राशन मिलेन भने नि
हामी भात मागिरहन्छौ माग्दा पनि सुनवाई नभए सार्वजनिक स्थलमा बसेर भोकहड्ताल गर्ने अनि जेनेभा लगायतका शरणार्थी सम्बन्धी उच्च निकायमा हाम्रो अवस्थालाई सुनवाई नभएको गुनासो राख्ने हाम्रो समूहको योजना रहेको छ । यसको लागि यो समूह सवै शरणार्थी र स्थानीय सरोकारवाला संस्थामा सहयोगको लागि आग्रह गर्दछ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु