Monday, August 9, 2010

विश्व आदिवासी दिवस मनाइदै/सहीदगेटबाट झाँकी


श्रावण २४ - सोमबार नेपाली आदिवासी जनजातिहरुले विश्व आदिवासी दिवस २०६७ को अवसरमा राजधानी तथा मुलुकका बिभिन्न भागहरुमा विविध कार्यक्रमक गरी मनाउदैछ ।

विश्व आदिवासी आन्दोलनको उपलब्धीको रुपमा संयुक्त राष्ट्र संघले सन् १९९४ मा अगष्ट ९ लाई 'विश्व आदिवासी दिवस' घोषणा गरेपछि नेपालमा पनि बिभिन्न कार्यक्रम गरेर मनाउँदै आएको हो ।

यस अवसरलाई आदिवासी जनजातिहरुले आफ्ना हक अधिकारहरुको प्रचार प्रसार गर्ने र राज्यका अधिकारीहरुलाई आफ्ना माग पुरा गर्न लागि दवाव दिने उद्देश्य राखेर कार्यक्रमहरु गर्ने गरेका छन् ।

यसै सिलसिलामा नेपाल आदिवासी जनजाति महासंघले मूल समारोहको आयोजना गरेको छ । सोमबार दिउसो सुन्धाराबाट बिभिन्न आदिवासी समुदायको परम्परागत भेषभूषा तथा बाजागाजासहित झाँकीको आयोजना गरिएको छ । मूल समारोह भने कमलादीस्थित प्रज्ञाभवनमा हुने छ ।

आदिवासी जनजातिहरुले आत्मनिर्णयको अधिकारसहित जातीय, भाषिक र क्षेत्रीय स्वयत्तता, आदिवासीका अधिकारलाई मौलिक हकरुपमा व्यवस्था गरिनुपर्ने, राज्यका सबै तहमा समानुपातिक सहभागिता गराइनुपर्नेलगायतका मागहरु अघि सार्दै आएका छन् ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु