
इनरुवा ८ भदौ
लगातारको वर्षापछि सप्तकोशी नदीमा मंगलबार चौध वर्षपछिकै सबैभन्दा उच्च पानीको बहाब पुगेको छ ।
नदीमा पानीको बहावमा उच्च बृद्धि भएपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरुप साईरन बजाउँदै उच्च सतर्कता अपनाईएको छ ।
ब्यारेजमा मंगलबार साँझ ५ बजे प्रतिसेकेण्ड ३ लाख ३९ हजार ४ सय ५ क्युसेक पानीको बहाव रहेको ब्यारेज स्थित कन्ट्रोल रुमले जानकारी गराएको छ । पानीको बहाव बृद्धि हुने क्रम जारी रहेकोले ब्यारेजमा रहेका ५६ ढोका मध्ये ३९ ढोका खुल्ला गरिएको छ ।
ब्यारेजमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक पुगेपछि रातोबत्ती बालेर साईरन बजाउने गरिन्छ । विहान ७ बजे ३ लाख ९ हजार ३५ क्युसेक रहेकोमा विहान १० बजे बृद्धि भई ३ लाख २४ हजार ६ सय ६० क्युसेक र दिउँसो बहाबमा बृद्धि भई ३ लाख ३५ हजार ३ सय ३० क्युसेक रहेको थियो । सोमबार सुझ कोसी व्यारेजमा २ लाख २६ हजार २ सय ४५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बगेकेा थियो ।
पानीको बहाव उच्च विन्दुमा पुगेपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया लगायत सुरक्षा निकायका प्रमुखहरुले मंगलबार ब्यारेजको निरीक्षण गर्नुभएको छ । २०६५ साल भदौ २ गते तटबन्ध भत्किदा कोशीको बहाव १ लाख ६८ हजार क्युसेक थियो । यसअघि २०५३ सालमा कोशीको बहाव चार लाख क्युसेक प्रतिसेकेण्ड पुगेको थियो ।
पुर्वी पहाडी जिल्लामा पानी पर्ने क्रम जारी रहेकोले कोशी नदीमा प्रत्येक घण्टा पानीको बहावमा बृद्धि भइरहेको ब्यारेज स्थित कन्ट्रोल रुमका प्रमुख सुखनन्दन प्रसाद िसंहले जानकारी दिनुभयो ।
पानीको बहाव १४ वर्षपछिकै उच्च भई अझै बृद्धि हुने क्रम जारी रहेपछि संभावित खतरा आउन नदिन भारतीय उच्च प्राविधिकहरुको टोली ब्यारेजमा आईपुगेको जनाइएको छ । उनीहरुले उच्च सतर्कता अपनाई ब्यारेज र पुर्वी तटबन्धको निरन्तर निरिक्षण गरिरहेको बताइएको छ ।
भारतीय उच्च प्राविधिकहरुको टोलीले संभावित खतरा भएका स्थानमा मर्मत सामाग्री राख्ने कार्य समेत गरिरहेको सुनसरी प्रहरीले जनाएको छ । नदीमा आएको बाढीले पुर्वी तटबन्धका अन्तर्गत प्रकाशपुरमा रहेका स्पर नम्बर २४।७८ देखि २५।२५ बिचका आधा दर्जन स्परहरुमा सामान्य कटान गर्न थालेको जनाइएको छ । यसैगरी सुनसरीको महेन्द्रनगर गाबिसमा पर्ने श्रीलङ्का टप्पुमा पनि कोसीले तीब्र रुपमा कटान गरिरहेकेा छ । कोसी नदीमा पानीको बहाबमा वृद्धी हुदै गएकोले सो क्षेत्रमा आवत जावत गर्ने डुंगा सम्म
No comments:
Post a Comment