इनरुवा ६ भदौ
शनिबार भएको वर्षाको कारण कोसी नदीमा पानीको बहाबमा बृद्धि भएपछि पूर्वी तटबन्धका बिभिन्न स्थानहरु खतरामा परेका छन् ।
पानीको बहाबमा बृद्धि भएपछि कोसीको पुर्वी तटबन्ध अन्तरगत सुनसरीको प्रकाशपुर स्थित धरहरा टपन र पुल्थेगौडा लगायतका स्थानको तटबन्ध खतरामा परेको हो ।
कोशीमा पानीको बहामा भएको बृद्धिसँंगै महेन्द्रनगर र प्रकाशपुर गाबिसको बीचमा पर्ने श्रीलंका टापुमा रहेको चिलिया बस्तीको तटबन्धमा तीब्र रुपमा कटान सुरु भएको छ । कटान तीब्र भएपछि सो ठाउँका ´ण्डै तीन हजार परिवार उच्च जोखिममा परेका छन् ।
महेन्द्रनगर ५ र प्रकाशपुरको वडा नम्बर ४ र ५ मा रहेको श्रीलंका टापु बीचको चिलिया टापु नजिकको सिसौली घाटदेखि दक्षिण बाढीले कटान सुरु गरेको स्थानीयवासीले बताएका छन् । सो स्थानमा गत वर्ष भएको कटानबाट करिब १५ परिवार बिस्थापीत भएका थिए ।
स्थानीय श्यामवहादुर लिम्बुका अनुसार कोशीको पानीले बस्ती भेट्न॥बाँकी चार पेजमा एक सय मिटर मात्र बाँकी रहेको छ । दुबैतर्फ कोसीको भङ्गालो रहेकाले सो क्षेत्रका सर्वासधारण आतंकित बनेका छन् ।
तीब्र रुपमा कटान गरिरहेकाले सो टापु कोसीमा बिलय भएर जाने अवस्थामा पुगेकेा स्थानीय वासीले बताएका छन् । नदीले कटान तीब्र बनाएकाले चिलीया टापुका सर्वसाधारण रातभरी सुत्न सकेका छैनन । त्यहाबाट निस्कने एक मात्र साधन डुंगा पनि कोसीमा पानीको बहाब बढेपछि साचालन नहुँदा उनीहरु
No comments:
Post a Comment