Monday, August 23, 2010

माया गर्न सिक्दै


हलिउड नायिका डि्रउ बेरीमोरले आफूलाई माया गर्न नआउने अभिव्यक्ति दिएकी छिन् । 'मलाई अहिले पनि माया-प्रेमका बारेमा धेरै कुरा थाहा छैन, सुन्दर नायिका बेरीमोर भन्छिन्- 'माया कसरी गर्ने भन्ने कुरा सिकिरहेकी छु ।' चलचित्र 'चार्लिज एञ्जल' बाट लोकपि्रय भएकी बेरिमोरले जस्टिन लङसँगको सम्बन्धलाई समेत अस्वीकार गरेकी छिन् । बेरिमोर भन्छिन्, 'जस्टिनले मेरो निजी जीवनको ढर्रा नै परिवर्तन गरिदियो । जस्टिनसँगको मेरो सम्बन्धमा माया थिएन, त्यो एउटा आकर्षक मात्र थियो ।' बेरीमोरले भर्खरै मात्र माया कस्तो हुन्छ भन्ने कुरा अनुभव गर्न थालेको बताएकी छिन् । 'म अब गाँसिने प्रेमसम्बन्धलाई मात्र प्राथमिकता दिन्छु, बेरीमोरको दाबी छ- 'यसअघिका प्रेम केवल लहड मात्र थिए ।'

No comments:

Post a Comment

अवलोकन कर्ताहरु