Tuesday, August 10, 2010

सामुदायिक वन को आपत्ती



तरहरा / तराईका राजनीतिक दलहरुले सत्ता प्राप्तीका लागि सामुदायिक वनलाई साझेदारी वनमा रुपान्तरण गर्न राखेको माँग आपत्तीजनक भएको सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरुले आपत्ती जनाएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ सुनसरीले बुधबार हाँसपोसामा आयोजना गरेको कदमखेती सम्वन्धि जनचेतना कार्यक्रममा सहभागि हुन आई पुग्नु भएका केन्द्रिय सदस्य गणेशप्रसाद गुरागाई र ठाकुर भण्डारीले मधेशवादी दलको भनाई आपत्तीजन भएको टिप्पणी गर्नुभएको हो ।
कार्यक्रममा महासंघ केन्द्रिय सदस्य गुरागाईले आफ्नो ज्यानको वाजी थापेर उजाड जंगल हराभरा वनाएपछि मधेशीवादी दलको मोर्चाले सरकार वनाउने अस्वस्थ खेलका लागि सामुदायिक वन अवधारणको खिलापमा माँग तेस्र्याउँदै साझेदारी वन वनाउन अघि सारेको माँग आफैमा आपत्तीजनक रहेको वताउनुभयो ।
महासंघ सदस्य गुरागाईले वर्तमान सरकारको वनमन्त्री र मन्त्रालयका सचिवदेखि अन्य उच्च पदस्थ कर्मचारीहरु नै वन विनास गर्ने कार्यमा सम्लग्न रहदै आएको तथा केही भ्रष्ट सामुदायिक वनका पदाधिकारीहरुलाई प्रलोभनमा पारेर वन मास्ने अभियानमा जुटेको प्रष्ट भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
सोही अवसरमा महासंघका अर्का केन्द्रिय सदस्य भण्डारीले अधिराज्यभर महासंघमा आवद्ध १५ हजार सामुदायिक वनमा आवद्ध लाखौ मानिसले खाई नखाई उजाड जंगल हराभरा वनाएपछि वन सम्पदा मासेर व्यक्तिगत स्वार्थ पुरा गराउन कि्रयाशील केही राजनीतिक दल र जिम्मेवार व्यक्तिहरु सामुदायिक वन विरुद्ध लागेको पाईएको वताउनुभयो ।
सामुदायिक वन अवधारणले उजाड भएका मरुभूमिको अवस्थामा पुगेका नेपालको वन क्षेत्र यतिखेर उर्वर भएको देख्न नसक्नेहरुले नियोजित रुपमा नै वन फडानी गर्ने गरेको सरकारद्धारा र महासंघव गठित छानविन समितिले पत्ता लगाएको तथ्यले प्रष्ट पारेको पनि खुलाशा गर्नुभयो ।
कार्यक्रममा कदमखेती सम्वन्धि अभियानमा लागेका संचारकर्मी आनन्द श्रेष्ठले वन विनास र वैकल्पिक उर्जाको रुपमा प्रयोगमा ल्याउन सकिने कदमखेती उर्जा विकासमा वन मन्त्रालयका पदाधिकारी र काठमाण्डौमा संस्था चलाएर वसेकाहरु व्ााधकका रुपमा रहेको टिप्पणी गर्नुभयो ।
सरकारले करोडौका लगानीमा कदमखेती सम्वन्धि कार्यक्रम ल्याएको भए पनि मन्त्रालयका केही पदाधिकारी र काठमाण्डौ केन्द्रित ती संस्थाका भ्रष्ट ब्यक्तिहरु मिलेर कदम खेतीको महत्वका विषयमा चलाईनु पर्ने कार्यक्रम सिमित ब्यक्तिको घेराभित्र राखेर विनियोजित रकम नै खर्च गर्न नसक्ने अवस्था आएको पनि खुलाशा गर्नुभयो ।
सुनसरीका सामुदायिक वन उपभोक्ता समितिहरुले कदम खेतीलाई महत्व दिएर विरुवा रोप्न सके नेपाल इन्धन समस्यावाट मुक्त हुने विचार समेत राख्नुभयो ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु