Tuesday, August 10, 2010

जनमुक्ति सेनाको गेटमा क्षित



दमक २४ साउन÷ इलामको चुलाचुलीमा रहेको जनमुक्ति सेना नेपालको प्रथम डिभिजन प्रवेशद्वारको गेटलाई सोमबार भारतीय मालबाहक ट्रकले ठक्कर दिएपछि क्षतिग्रस्त बनाएको छ ।
भारतीय मालबाहक डब्लु वि ७३ ए÷८९१६ नम्बरको टर्बो ट्रक अनियन्त्रित भई गेटमा ठक्कर खाँदा गेटको दक्षिणी भाग भत्काएको छ ।
ठक्कर दिने ट्रक र यसका चालकलाई तोपगाछी स्थित केर्खा प्रहरी चौकीमा राखिएको छ । प्रहरी इाचार्ज राजेन्द्र श्रेष्ठले गेटको क्षतिपुर्ति उपलब्ध गराएपछि मात्र ट्रकलाई छाडिने जानकारी दिनुभयो ।
यस मार्गमा गुड्ने टर्बो ट्रकले ८ टनको लोड मात्र बोक्न पाउने भएपनि जुट बोकेको सो ट्रमा १२ टन लोड रहेको बताइएको छ । बढि लोड भएकोले नै ट्रक अनियन्त्रित भएको बताइएको छ ।
पुर्व-पश्चिम राजमार्गको झापा स्थित तोपगाछीमा पर्ने यो गेट माओवादी जनयुद्धमा सहिद भएकाहरुको सम्झनामा बनाईएको थियो । काठले कलात्मक ढंगबाट काठको प्रयोग गरी बनाईएको यसको उचाई करिब २५ फिट थियो ।



सुनसरीको चतरा स्थित पिण्डेस्वर मन्दिरमा लागेको बोलबम मेलामा सहभागी हुन आएका तिर्थालुहरु । पिण्डेश्वर मन्दिरको शिवलिङ्गमा पानी चढाउँदा पुण्य कमाईने र विभिन्न रोगबाट मुक्ति पाइने विश्वासमा नेपाल र भारतका हजारौ तिर्थालुहरु साउन महिनामा मन्दिर आउने गर्दछन् । फोटोः गोविन्द बस्नेत÷धरान

No comments:

Post a Comment

अवलोकन कर्ताहरु