
मोरङ सहकारी अस्पतालले निकाल्यो
भदौ ७
पिसाब थैलीमा रहेको असाधारण वजनको ढुङ्गा विराटनगर स्थित मोरङ सहकारी अस्पतालले शल्याकि्रया गरी निकालेको छ ।
इलाम पशुपतिनगर-२ स्थित कट्टेबुङ्गका भिम थापा मगरको पिसाब थैलीमा रहेको पाँचसय ग्राम वजन भएको पथरी अस्पतालले निकालेको हो ।
सोमबार सहकारी अस्पतालमा वरिष्ठ सर्जन डा।सुनिलचन्द्र अधिकारीले अप्रेशन गरेर थापाको पिसाब थैलीबाट ढुङ्गा निकाल्नु भएको हो । डा। अधिकारीले सफल अप्रेशन गरी निकालिएको पथरी करिब ९ सेन्टीमिटरको रहेको छ ।
नेपालमै यो पहिलो ठूलो पथरी भएको र सफल शल्याकि्रयामार्फत बिरामीको उपचार भएको अस्पतालका कार्यकारी निर्देशक विकाश
अधिकारीले दावी गर्नुभएको छ । केश जटिल भनेपछि समयलाई व्यवस्थित गर्दै सफल अप्रेशन गराएको अस्पतालले जनाएको छ ।
अनुभवी डाक्टर भएकै कारण अप्रेशन सफल भएको निर्देशक अधिकारीले बताउनु भयो । पथरी पिसाब थैलीको तल्लोभागको पछिल्लो साइडमा रहेको र त्यसभन्दा अघि पिसाब रहने कारणले त्यस्तो हुँदासम्म समस्या थाहा नभएको विरामीले बताएका छन् ।
एक साता अघि विर्तामोडको एक क्लिनिकमा आई डाक्टर अधिकारीलाई जाँच गराएपछि उनकैको सल्लाह अनुसार उनीहरु मोरङ सहकारीमा अप्रेशनका लागि सोमबार आएका थिए । आएकै दिन अस्पतालले अप्रेशन गरेको थियो । डाक्टरले जटिल केश छ भनी उनीहरुलाई अप्रेशन गर्नका लागि समय मिलाइ दिएको परिवारले बताएका छन् ।
थापाकी श्रीमतीका अनुसार पेटमा समस्या भएपछि उनले गाउँघरकै क्लिनिकबाट औषधी सेवन गरेका थिए । गाउँमा पेटमा समस्या भएपछि सामान्य औषधी सेवन गरेका थापाले पेटमा पथरी भएको एक साता अघि मात्र थाहा पाएका थिए ।
अप्रेशनपछि विरामीको अवस्था सामान्य भएको छ । बिरामी पूर्णरुपमा होसमा रहेको अस्पतालले बताइएको छ ।
No comments:
Post a Comment