
गोविन्द बस्नेत
धरान÷ धार्मिक एवं पर्यटकीय स्थलको रुपमा परिचित धरान १४ मा रहेको बुढासुब्बा मन्दिरको नाम नसुन्ने र आफ्नो मनोकांक्षा पूरा गर्नका लागि पूजा आजा गर्नका लागि त्यहाँ नफग्ने शायदै कमै मानिस होलान् । यहाँ पूजाआजाका लागि देशभरबाट हैन भारतबाट समेत आउने गरेका छन् ।
वर्षमा ११ महिना बली चढाउन मिल्ने र विशेषगरी साउनभरी सोह्र सराद औशी एकादशी रामनवमी स्वस्थानीको सांग्येमा बली नचढाउने गरिएको पाइएको छ ।
बुढासुब्बा मन्दिरको इतिहास हेर्दा यो मन्दिर कहिले स्थापना भएको हो भन्ने कुरा त्यहाँका पुजारी साचालक समितिका पदाधिकारीसमेतलाई ज्ञात छैन । यहाँसम्म कि हामीले मान्दै आएका बुढासुब्बा को हुन् भन्नेसम्म एकिन तथ्याङ्ग नभएको त्यहाँका पुजारीहरु बताउँछन् ।
यसै सम्बन्धमा बुढासुब्बा मन्दिरमा पुजारीका रुपमा कार्यरत पुष्प आलेसँग सम्पर्क राख्दा उहाँले ुबुढासुब्बाु बाजे घुम्दै तथा शिकार खेल्दै आउँदा विजयपुर आइपुगे । यहाँ आइसकेपछि उनलाई यस ठाउँ विजयपुर अत्यन्तै राम्रो लाग्यो र आफूले शिकार खेल्न प्रयोग गरिएको धनुष गुलेली त्यहीँ गाँडेर आफू विलय भएको र आफ्ना दाजु हराएपछि बैनी गौरेनी माता खोज्दै आए पनि उनी विजयपुर पुग्दासमेत दाजुलाई नभेटेपछि उनी विलय भएको बताउनु भयो । त्यस स्थानमा गाडेको बासको धनुषबाट बास उमे्रको र त्यसैकारण बासको टुप्पोृ नभएको समेत जानकारी दिनुभयो ।
यसै सम्बन्धमा श्री बुढासुब्बा मन्दिर साम्भार तथा संरक्षण समितिका सचिव तथा १४ नं। वडा समितिका सचिव उत्तम आलेसँग बुझ्दा उहाँले भन्नुभयो-यो कहिलेदेखि स्थापना भयो भन्ने उनलाई पनि थाहा छैन तर म सानो छँदा डि।आर।राईले एउटा ुश्री बुढासुब्बा मन्दिरु लेखिएको बोर्ड राखेको चाँहि थाहा भएको बताउनु भयो ।
खास गरेर बुढा सुब्बा को हुन त भन्ने सवालमा उहाँले भन्नुभयो-ु बुढासुब्बा को हुनुहुन्छ यसको खासै इतिहास छैन यसको बारेमा हामी चाँडै नै एउटा पुस्तक निकाल्ने तयारीमा छौ ।ु उहाँले थप्नुभयो-प्राय गरेर भुताभुङ्गे दरबारका मन्त्री ुबुद्धिकर्णुको समाधि हो पनि भन्छन् यसको खासै इतिहास थाहा हुन सकेको छैन ।ु्
बुढासुब्बा मन्दिरको विषयमा विभिन्न विद्वानहरुले बेग्लाबेग्लै तर्क पेश गरेका छन् । इतिहासकार ज्ञानमणि पोख्रल्े सिएन देवान याख्या पाथिक कवि स्व। लक्ष्मी आचार्यलगायतले आ-आफ्ना तरिकाले आफूले प्रकाशित गरेको पुस्तकमा व्याख्खा गर्नु भएको छ
दैनिक पूजाआजाका लागि भिड हुने मन्दिरमा विशेष गरी शनिवार र मंगलबार धेरै भक्तजनहरु आउँछन् । विशेष गरी भक्तजनहरुद्वारा कुखुराको भाले र पोथी अण्डा रक्सी लगायतका सामाग्री चढाउने गरिएको पाइएको छ ।
यहाँ पूजा गर्दा चढाएको टाउको कलेजो रक्सी आदि विक्री गर्ने गरेको सुनिन्छ नि भन्ने प्रश्नमा सचिव आलेले भन्नुभयो-त्यस्तो गरेको भए हामी अहिले कुन स्थितिमा पुग्ने थियौं । हाम्रो पुस्ताले यहाँ १५ पुस्ता बिताएको छ । आजसम्म यस्तो केही नभएको बताउनुभयो । खास के हो त भन्ने सवालमा उहाँ भन्नुहुन्छ-ुकुखुरा बनाउने ठाउँको पनि हामीले व्यवस्था गरेका छौंैं । भक्तजनहरुले चढाएको कुकुरा बनाइदिए वापत दश रुपैयु लिन्छन् । उनीहरुबाट जाँते कलेजो आदि मास हामी सबैलाई बाँडी दिन्र्छौं । त्यो बेचेको होइन ।ु
उहाँले थप्नुभयो-ुहामीले बाँडेको प्रसाद कसैले होटलमा लगेर बेचेको हुनसक्छ त्यो हामीलाई थाहा हुनसकेन ।
बाँसकाबारेमा जिज्ञासा राख्दा उहाँले-अहिलेसम्म यहाँ रहेको बासको टुप्पो नभएको बताउनु भयो । उहाँले पहिलेपहिले बासमाजोडीको नाम लेख्ने गरेको र अहिले त्यसलाई रोक लगाएर धागो बाँध्न अनुरोध गरेको बताउनु भयो । किन त्यसरी बाँसमा रोक लगागाउनु भएको छ भन्ने सवालमा सचिव आले भन्नुहुन्छ-ुत्यसरी बाँसमा लेख्दा बाँसहरु मर्न थाले ।ु
स्मरण रहोस् बासमा प्रेमी प्रेमिकाको नाम लेख्यो भने त्यो जोडीको प्रेम सफल हुन्छ भन्ने जनविश्वास रहेको छ । उहाँ यस मन्दिरलाई कहीँबाट सहयोग नआएकोमा भने दुःखी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ-ुहामी नगरपालिकालगायत विभिन्न निकायमा बारम्बार गयौ तर सबै निकायबाट बेवास्ता गरियो ।ु त्यसो भए मन्दिर साचालनार्थ रकम चाहिँ कसरी जुटाउनु हुन्छ त भन्ने सवालमा उहाँले-ुमालाको व्यापार गर्ने व्यापारीबाट मासिक २ सय सवारी साधनको पार्किङ शुल्क रु ५ बाट र मन्दिरमा चढाएको भेटी बाट मन्दिर साचालन भएको बताउनुभयो । उहाँले मन्दिर रेखदेखका लगायत मन्दिर सम्बन्धी सम्पूर्ण कार्यका लागि कर्मचारीसमेत राखेको जानकारी गराउनुभयो ।
त्यस्तै भक्तजनहरुमध्ये धरानका लक्ष्मण थापासँग तपाईलाई बुढासुब्बाको विश्वास लाग्छ त भन्ने सवाल गर्दा उहाँले-ुलाग्छ र त यहाँ पूजा गर्न आएकोु भन्ने जवाफ दिनुभयो । उहाँले आफू प्राय गरेर बुढासुब्बा मन्दिरमा पूजा गर्न आइरहने बताउनु भयो । बुढासुब्बाको प्रवेशद्वार भने प्रवासमा भएका नेपालीहरुको सहयोगबाट निर्माण गरिएको हो । प्रवेशद्वारामा सहयोग गर्ने नेपालीको नाम प्रष्ट रुपमा देख्न पाइन्छ ।
सबैभन्दा रोचक कुरा के छ भने पूजाआजा सकिएपछि यहाँ पूजारी नवराज पुलामीलाई जोखना हेराउने गरिन्छ । जोखना हेराउँदा भविष्यको कुरा पुग्ने जनविश्वास रहेको छ । यसै सम्बन्धकमा पुजारी पुलामीसँग बुझ्दा ुआफूले हेरेको जोखना सबैले चित्त बुझाएकोु दाबी गर्नुभयो । जोखनाकै विषयमा एक भक्तजनले नाम नबताउने शर्तमा भने-जोखना देखाउँदा सबैलाई एकैखालको भन्ने गरेको जस्तो लागे ठीक हुन्छ कि हुँदैनु भन्ने जवाफ दिए ।
जे होस् बुढासुब्बा मन्दिर धरानको गौरव हो । यस मन्दिरको संरक्षण एवं सम्भारका लागि स्थानीय निकायलगायत यहाँका सर्वसाधारणहरु जीउ ज्यानले लागे बुढासुब्बालाई विश्वभरि नै धार्मिक स्थलको रुपमा परिचित गराउन सकिन्छ ।
No comments:
Post a Comment