Thursday, August 5, 2010
माओवादीलाई सेना भर्ना रोक्न सेना समायोजन समितिको निर्देशन
भोजराज भाट, काठमाडौं, साउन २० - सेना समायोजन विशेष समिति वैठकले माओवादीले हालै सुरु गरेको सेना भर्ना रोक्न विशेष निर्देशन दिएको छ। माओवादी अनुपस्थित रहेको वैठकमा माओवादीले सैन्य भर्ना गर्न नपाउने उल्लेख गर्दै नयाँ भर्ना रोक्न निर्देशन दिने निर्णय गरेको हो समितिमा माओवादीका दुई नेता वर्षमान पुन र जनार्दन शर्मा सदस्य छन्। विशेष समिति सदस्य रामशरण महतले वैठकपछि भने, 'माओवादीले यतिखेर सैन्य भर्ना गर्नु भनेको द्वन्द्व निम्त्याउने वा राज्यविरोधी गतिविधि गर्ने उद्देश्य बोकेको देखिन्छ। नेपाली सेनासँग तुलना गरेर उनीहरुले भर्ना खोल्नु शान्ति सम्झौता विपरित हो।' उनले विस्तृत शान्ति सम्झौताको व्याख्या र विश्लेषण गर्ने अधिकार सर्वोच्च अदालतसँग मात्र रहेको बताउँदै भने, 'सर्वौच्चले तोकेको दरबन्दीभित्र रहेर सैन्य भर्ना गर्न कुनै रोकतोक नभएको व्याख्या गरिसकेको छ त्यसमा अनावश्यक व्याख्या नगरे हुन्छ।'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment