Thursday, August 19, 2010

रघुपति जुटमिल अनिश्चितकालका लागि पूर्वी वन्द

विराटनगर २२ मा रहेको रघुपति जुटमिलका मजदुरहरुले विभिन्न माग राख्दै आजदेखि अनिश्चितकालीन उद्योग बन्द गरेका छन् ।

उद्योगमा कार्यरत मजदुरहरुले आवश्यक मजदुरको संख्या वृद्धि गराउनु पर्ने माग गर्दै आएपनि व्यावस्थापकले वेवास्ता गरेको भन्दै उनीहरुले अनिश्चितकालिन उद्योग वन्द गराउदै आन्दोलनमा उत्रेका हुन् ।

यता ब्यवस्थापकले कामदारलाई मील संचालन गर्न आग्रह गर्दै काममा नफर्के नो वर्क नो पे को नियम लगाउन ब्यवस्थापन पक्ष वाध्य हुने चेतवनी सहितको सुचना जारी गरेकॊ छ ।

गोल्छा अर्गनाइजेशनले खरिद गरी संचालन हुदै आएको जुटमिलमा ४ सय लुंङ मेशिन रहेको र उक्त मेसिन चलाउन ३ हजार ५ सय भन्दावढी मजदुरहरु आवश्यक पर्ने जनाईएको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु