
धरान / कोशी अचंल प्रहरी प्रमुख एसएसपी मिङ्मार लामालाई निलम्बन गरी छानविन समिति गठन गर्न र दोषीमाथि कारवाही गर्न सुनसरी पत्रकार महासंघले सरकारसँग माग गरेको छ । फास्ट दैनिकसँग आबद्ध पत्रकार लीलानाथ घिमिरेमाथि एसएसपी लामाको निर्देशनमा आइतबार राति आक्रमण भएको जनाउँदै महासंघले उनलाई निलम्बन गरी घटनाको छानविन गर्न माग गरेको हो ।
सोमबार यहाँ भएको सुनसरीका पत्रकारहरुको भेलाले सुरक्षा निकायका जिम्मेवार पदाधिकारीबाटै साचार क्षेत्रमाथि आक्रमण भएको जनाउँदै घटनाप्रति खेद प्रकट गरेको छ । आइतबार राति एसएसपी लामा र उनका सहयोगीहरुले धरान-१३ स्थित हिल गार्डेन रेष्टुराँमा मादक पदार्थ खाएर अमर्यादित गतिविधि गरिरहेको सूचनाका आधारमा समाचार संकलन गर्न पत्रकार घिमिरे त्यहाँ पुगेका थिए । उनीमाथि लामाकै निर्देशनमा उनका सहयोगी थमान गुरुङले राति १२ बजे सिसाको गिलासले प्रहार गरेको प्रत्यक्षदर्शी युथफोस्रका धरान इाचार्ज देवहाङ राईले जनाए । ुएसएसपी लामालाई बद्नाम गर्न आएको पत्रकार तैं होस् ु भन्दै गुरुङले आपुूमाथि आक्रमण गरेको पत्रकार घिमिरेले बताए ।
घिमिरेको आइतबार रातिदेखि नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार भइरहेको छ । घिमिरेको दायाँ आँखाको डिलमा गम्भीर चोट लागेको चिकित्सकहरुले जनाएका छन् । उनको सोमबार नै शल्यकि्रया गरिएको छ । यसैबीच घटनामा एसएसपी लामाको नाम नजोड्न सुनसरीका प्रहरी प्रमुख एसपी भूपाल भण्डारीले दवाब दिएको बताइएको छ । एसपी भण्डारीले भने आपुूले दवाब नदिएको जनाए । सुनसरीका सहायक सीडीओ बासुदेव घिमिरेले घटनामा एसएसपी लामाको संलग्नता नरहेको दावी गरे । एसएसपी लामाले पनि आपुूले साचारकर्मीमाथि आक्रमण गर्न कुनै निर्देशन नदिएको बताए । ुअब तपाईंहरु नै छानविन गर्नुहोस्ु उनले भने ुमेरो गल्ती प्रमाणित भए पुलिस हुन योग्य हुने छैन ।ु साथीले छोरीको जन्मदिनमा एकपटक आइदिन आग्रह गरेकाले आपुू त्यहाँ गएको उनको भनाइ थियो । रेष्टुराँमा गएर आपुूले गल्ती गरेको भने लामाले स्वीकार गरे ।
सो घटनापछि राति नै फास्ट टाइम्सको कार्यालयमा केही युवा पुगेर हप्कीदप्की गरेको घटनाप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै महासंघका सुनसरी अध्यक्ष राजेश विद्रोहीले साचारकर्मीको सुरक्षामा गम्भीर बन्न सरकारसँग माग गरे । क्रान्तिकारी पत्रकार संघ प्रेस युनियन प्रेस चौतारी दक्षिण एशियाली स्वतन्त्र पत्रकार संगठन साफमा कि्रयाशील महिला पत्रकार समूह साचारिका समूह किरात राई पत्रकार संघ आदिवासी जनजाति पत्रकार संघ नेवाः पत्रकार दबु मधेश मिडिया मिसनलगायत साचारसम्बद्ध संगठनले घटनाप्रति विरोध जनाउँदै महासंघको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।
यसैबीच महासंघ केन्द्रीय समितिले पनि सोमबार नै विज्ञप्ति जारी गर्दै एसएसपी लामासहित घटनामा संलग्न अन्य प्रहरीलाई निलम्बन गरी घटनाको छानविन गर्न माग गरेको छ । महासंघका महासचिव पोषण केसीद्वारा जारी विज्ञप्तिमा साङ्घातिक हमलाको घोर भत्स्रना गर्दै घाइते घिमिरेको स्वास्थ्य लाभको कामना गरिएको छ ।
महासंघको आयोजनामा मङ्गलबार धरानमा पत्रकारहरुले विरोध जुलुस प्रदर्शन गर्दैछन् । यसैबीच पत्रकार घिमिरेलाई आक्रमण गर्ने गुरुङलाई सोमबार नै नियन्त्रणमा लिइएको इप्रकाले जनाएको छ । युवा संघको धरान समितिले पनि घटनाको भत्स्रना गरेको छ ।
औजार दैनिकका पत्रकार सन्तोष कापुलेले पनि आपुनो समाचार प्रकाशित नगरेको निहुँमा नेपाली काङ्ग्रेसका सुनसरी-१ महाधिवेशन प्रतिनिधि पर्वत राईले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेका छन् । उनले काममा फर्कने वातावरण बनाइदिन पनि माग गरेका छन् । ुम असुरक्षित छु कापुलेले बताए । औजार प्रकाशनका अध्यक्ष मोतीराज सुनुवारले पनि सुरक्षा नदिएर उल्टै हप्काएको उनको भनाइ छ । राईले भने आपुूले कसैलाई धम्की नदिएको बताए । सुनुवारले छलफल गरी विवाद समाधान गर्न महासंघलाई आग्रह गरेका छन्
No comments:
Post a Comment