Saturday, August 7, 2010

'नेपालसँग रगतको साइनो'

  • तृप्तिसँग गफगाफ



काठमाडौ, श्रावण २२ - लामो समयपछि नेपाली फिल्ममा देखिनुभयो ।

विवाहले महिलालाई पारिवारिक बन्धनमा बाँध्दो रहेछ । घरपरिवारको हरेक भूमिका निर्वाह गर्नुपर्ने रहेछ । पाँचवटा नेपाली फिल्म खेलेपछि बच्चाबच्ची भए । उनीहरूलाई हुर्काउने/बढाउने दायित्व बढ्यो । त्यसपछि नचाहँदा नचाहँदै पनि मुम्बई पलायन हुनुपर्‍यो । तर नेपालको मायाले पुनः

तान्यो ।

उता अवसर नपाएर पो आउनुभएको हो कि ?

विल्कुलै गलत कुरो । मैले बलिउडमा पाँच फिल्म खेलें भने केही सिरियलमा पनि काम गरंे । तर त्यसले सन्तुष्टि मिलेन । नेपाली फिल्म खेलेर पाइने सान र सन्तुष्टि बेग्लै छ । फेरि नेपाल मेरो आमाको घर भएकाले पनि रगतको साइनो गाँसिएको छ । पहिले फिल्म खेल्न परिवारबाट त्यति सपोर्ट थ्ािएन । अहिले श्रीमान्ले पनि हौसला दिनुभएको छ । नेपालसँग साइनो जोड्नका लागि २४ वर्षपछि नेपाली फिल्ममा खेल्न आएकी हुँ ।

जवानी ढल्केपछि आउनुभयो ।

मैले पारिवारिक बाध्यताले नेपाल छोडेकी थिएँ । दुई बच्चाबच्ची हुर्काएर र्फकंदा पहिलेजस्तो योङ त नहँुला, तर अझै कलेज गर्ल र आमाको रोल गरिरहेकी छु । -हाँस्दै) त्यसो त अझै जवानी कहाँ ढल्केको छ ? यतिका वर्षपछि पनि पहिलेकै जस्तो भूमिका पाएकी छु । तर म सधैंं नायिकाकै भूमिकामा खेल्नुपर्छ भन्ने मान्यता राख्दिनँ । युवतीदेखि वृद्धासम्म सबैखाले भूमिका निर्वाह गर्न सक्ने कलाकार नै सफल मानिन्छ ।

नेपालमा कस्तो प्रतिक्रिया पाउनुभयो ?

सबैले अझै पनि मेरा पहिलेका फिल्म हेरेर याद गर्ने गरेका रहेछन् । अहिले पनि मैले फिल्म पाइरहेकी छु । झन् पुराना र नयाँ दुवै पुस्ताले माया गरेेका छन् । बाहिर हिँड्दा 'कुसुमे रुमाल' की हिरोइन भन्दा मलाई आनन्द आउँछ ।

नेपाली फिल्म खेल्दा सन्तुष्ट हुनुहुन्छ ?

फिल्ममा खेलेर पैसा त छैन, तर आमाको नाता गाँस्न र दर्शकको मायालाई निरन्तरता दिन मात्रै फिल्म खेलेकी हुँ । कमाउनका लागि भन्दा पनि नामका लागि आएकीले सन्तुष्ट नै छु ।

कहिलेसम्म नेपाल बस्नुहुन्छ ?

जहिलेसम्म नेपाली दर्शकले मलाई हेर्नुहुन्छ तबसम्म । मेरो जेठो छोरो रिसब बलिउडमा सहायक निर्देशक भइसकेको छ र कान्छो धीरजले अभिनय सिकिरहेको छ । उनीहरूले पनि मलाई नेपाली फिल्म खेल्न उत्साह थपेका छन् । सास र आश रहेसम्म रहनेछु । तर कलाकारको सिमाना हँुदैन । खुबी देखाउने हो जहाँ भए पनि । फरक यति मात्रै हो मैले नेपाली माया पाएकी छु ।

नेपाली सिनेमा निर्माण गर्ने सोच छ ?

अहिलेसम्म सोच बनाएकी छैन । बरू राम्रा फिल्म दिने प्रयास गरिरहेकी छु । निर्माणभन्दा अभिनयलाई नै निरन्तरता दिने सोचाइ छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु