
इटहरी, २४ साउन÷ आदिवासी जनजातिहरुलाई नयाँ बन्ने संविधानमार्फत् राज्यका हरेक निकायमा समानुपातिक पहुँच दिनुपर्ने उनीहरुले माग गरेका छन् ।
१६ आंै विश्व आदिवासी दिवसको अवसरमा सोमबार सुनसरीको इटहरीमा आदिवासी जनजाति महासंघ नगर समिति इटहरीले आयोजना गरेका कार्यक्रममा सहभागीहरुले अब आदिवासी जनजातिहरुले पनि अधिकार र न्याय पाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आइएलओ अभिसन्धीलाई पूर्ण रुपमा लागू गनुपर्ने माग समेत राखेका थिए । आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष नरेन्द्र राजवंशीले आदिवासी जनजातिहरुलाई सामन्ती सोचले पछि पारेको भन्दै आदिवासीहरु आफ्नो अधिकारको लागि उठ्न थालेको बताउनु भयो ।
इटहरी नगरपालिकाको प्राङ्गणमा भएको सभा अघि कार्यक्रममा सहभागिहरुले विभिन्न सांस्कृतिक झाँकीसहित नगर परिक्रमा गरेका थिए ।
No comments:
Post a Comment