
चिराङ भुटानबाट लखेटिएर शरणार्थी जीवन विताइरहेका देउ बहादुर र देवीमाया गुरुङकी
छोरी सुनिता गुरुङको जन्म २०५० सालमा झापाको टिमाइमा भएको हो । टिमाइको सेक्टर ए २ मा परिवारका साथ बसोबास गर्दै आएकी सुनिताले भुटानी शरणार्थी वाल मञ्चको प्रधान संयोजकको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । उनले शिविरको मेधावी छात्राको रुपमा परिचय बनाइसकेकी छिन् । उद्घोषण, नृत्य तथा अभिनय आदि विधामा अव्वल रहेकी सुनिताले जीवनोपयोगी कार्यक्रम सञ्चालन गर्ने तालिम लिइसकेकी छिन् । यसवाहेक २०६३ सालमा विराटनगरमा भएको पूर्वाञ्चल स्तरीय बाल संसद सभामा मञ्चको नेतृत्व गरेर चर्चा बटुलेकी उनले हालै भने राष्ट्रिय तथा अन्तराष्ट्रिय वालबालिकाहरुको नेतृत्व गर्दै काठमाण्डौ पुगेकी थिइन् । प्रस्तुत छ उनीसँगका कुराकानी –
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
भर्खरै काठमाण्डौमा भएको वालवालिकासँगको राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै परामर्श भेलापश्चात आफ्नै कार्यलयमा व्यस्त छु ।
काठमाण्डौमा भएको कार्यक्रमको मूल उद्देश्यचाहिँ के थियो ?
बालबालिकाहरुमाथि हुने हिंसा अन्त्य गर्न र उनीहरुको चौतर्फी विकासका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो । परामर्श भेलामा कहाँकहाँबाट कस्ताकस्ता बालबालिकाहरु उपस्थित थिए त ?
भेलामा दलित, असहाय, विभिन्न बाल क्लवहरुमा आवद्ध पाँचैवटा विकास क्षेत्रका बालबालिकाहरु उपस्थित थिए, जसमा झापा र मोरङमा रहेका शरणार्थी बालबालिकाहरुको नेतृत्व गर्दै म र शनिश्चरे बालसंयोजक भूवन राई राष्ट्रिय स्तरको परामर्श भेलामा उपस्थित भएका थियौं भने अन्तरराष्ट्रिय परामर्श भेलामा सार्क राष्ट्रबाट जम्मा २० जना नानीहरु उपस्थित थिए ।
No comments:
Post a Comment