Thursday, July 15, 2010

'सेना समायोजन र पुर्नस्थापनासम्बन्धी एमाले-कांग्रेसको प्रस्ताव स्वीकारदैन'

अषाढ ३२ - माओवादी सचिव सीपी गजुरेलले लडाकु समायोजन र पुर्नस्थापना सम्बन्धी एमाले-कांग्रेसको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका छन् । नेता गजुरेलले एमाले-कांगे्रसले सेना समायोजन तथा पुर्नस्थापना सम्बन्धी प्रस्ताव शान्ति प्रक्रियालाई गति नदिने मनशायले अगाडि ल्याएको आरोप लगाए । शुक्रबार रेडियो कान्तिपुरसँग कुरा गर्दै नेता गजुरेलले एमाले-कांगे्रसले माओवादीसँग सत्ताको वार्गेनिङमात्र गरिरहेको दाबी गरे । उनले भने, 'उनीहरुको यो सत्ताको वार्गेनिङमात्र हो, यसरी शान्ति प्रक्रिया कसरी गति लिन्छ ?' लडाकु समायोजन र पुर्नस्थापना माओवादीको तीन महिने प्रस्ताव अस्वीकार गर्दै कांग्रेस-एमालेले बिहीबार तीन साताभित्र संख्या तोकी समायोजन र पुर्नस्थापना र शिविर हटाउने गरी सहमतीको नयाँ खाका तयार गरेका थिए । एमाले कांग्रेसको प्रस्तावमा कुनै नयाँ कुरा नभई पूरानै अडानको पूनरावृति भएको उनको भनाई थियो । उनले एमाले-कांग्रेस सेना समायोजन तथा पुर्नस्थापनाको पक्षमा नभएका कारण उनीहरुसँग विचारको अन्तर रहेको दाबी गरे । 'सेना समायोजन र पुर्नस्थापनाको विषयमा उनीहरुको दृष्ट्रिकोणमा नै अन्तर छ अनि कसरी हुन्छ समायोजन?' उनले भने । केही दिन अघि माओावादीले सेना समायोजन तथा पुर्नस्थापन तीन महिनेभित्र गरिसक्ने प्रस्तावको खाका सार्वजनिक गरेको थियो ।अन्तराष्ट्रिय मापदण्ड अनुसार सेना समायोजन र पुर्नस्थापना हुनु पर्नेको उनको भनाइ थियो ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु