प्रकाशनको मिति १२ जुलाई
प्रमुख राजनीतिक दलहरु राष्टिय सहमतिको सरकार गठन गर्न असफल भएका छन् । शान्तिप्रकृयालाई र्सार्थक निष्कषर्मा पुर्याउन र नया सविधान निर्माणका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताउंदै आएका दलहरु सहमति भन्दा सत्ता स्वार्थमा केन्द्रित भएर बहुमतिय खेलमा लागेपछि नया सरकार गठन समेत अन्योलमा परेको छ ।
राष्ट्रपतिले दिएको एक साताको समयभित्र सहमति जुटाउन असफल भएपछि दलहरुले थप पाच दिनको समय मागेका थिए । तर आज बसेको तिन दलको बैठकमा पनि सहमति जुटाउन असफल भएपछि नेताहरु बहुमत भित्र सहमति खोज्ने भन्दै वाहिरिएका थिए । सविधानको धारा ३८ को उपधारा एक बमोजिम सहमतिको सरकार गठन गर्न दलहरु असफल भएपछि अव उपधारा २ बमोजिम बहुमतिय सरकार गठनहुनेछ ।
आफ्नो नेतृत्वमा सरकार निर्माण हुनुपर्ने एकीकृत नेकपा माओवादीको एक बर्ष अघि देखिको दावी र सेना र हतियार रहेसम्म नेतृत्व स्विकार्न नसकिने कांग्रेस र एमालेको अडान नै सहमतिको मुख्य बाधक बन्न पुगेको हो ।
राष्ट्रपतिले दलहरुलाई सहमतिको सरकार गठन गर्न दिएको सात दिनको समय गत वुधबार सकिएपछि २५ दलको आग्रहमा पुन पांच दिनको समय थप गर्नुभएको थियो । तर दलरुविच सहमतिका लागि आज सम्म भएका सवै प्रयासहरु विफल भए । सहमतिको प्रयास विफल भएपछि संसदमा वहुमत जुटाउन सक्ने दलको नेता बहुमतको प्रधानमन्त्री बन्ने कानूनी प्रावधान छ ।
No comments:
Post a Comment