Monday, July 12, 2010

क्षेत्रीय रङ्गशाला इटहरीमा

एक वर्षदेखिको तानातान र विवादपछि आर्थिक वर्षको अन्त्य हुनै लाग्दा पूर्वााचल क्षेत्रीय रङ्गशाला सुनसरीको इटहरीमा बन्ने निश्चित प्रायः भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव हरिबाबु चौधरीले क्षेत्रीय रङ्गशाला इटहरीमा बन्ने निर्णय भएको बताएका हुन् । उनले इटहरीको सङ्घर्ष समिति अध्यक्ष जगदीश वलीलगायत पत्रकारलाई आइतबार बिहानै फोनबाट जानकारी िदंदै बधाईसमेत दिएका थिए ।
चालू आर्थिक वर्षको बजेटमा क्षेत्रीय रङ्गशालाको लागि एक करोड रकम छुट्याउने सरकारी निर्णयले सुनसरीमा विवाद उत्पन्न भएको थियो । रङ्गशाला सुनसरीमा बनाउने भनिए पनि स्थान नतोक्दा जिल्लाका विभिन्न नगरका बासिन्दा तथा दलहरुले आÏनै ठाउँमा बनाउनुपर्ने भन्दै सरकारलाई दवाब दिएका थिए । यसका लागि धरान इटहरी इनरुवा तथा दुहबीले आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेकै बेला वलीले चौधरीलाई उद्धृत गर्दै रङ्गशाला इटहरीमा बनाउने निर्णय भएको जनाए । ुरङ्गशाला तपाईंहरुले पाउनुभयो भनेर फोनबाट चौधरीले बधाई दिएु वलीले भने ुइटहरीमा रङ्गशाला बनाउने सरकारको निर्णय स्वागतयोग्य छ ।ु उनका अनुसार परिषद्ले थप जग्गाको लागि पहलसमेत गरिदिने भएको छ ।
रङ्गशालाको लागि रेशम खेती तथा जुट अनुसन्धान केन्द्रको जग्गा प्राप्त गरिसकेको इटहरीले बन्दलगायतका कार्यक्रम गरेको थियो । आर्थिक वर्ष सकिएर बजेट ुपि्रुजु हुने अवस्था आएपछि इटहरी संघर्ष समितिले शनिबार र आइतबार इटहरीमा चक्काजाम गरेको थियो ।
यो निर्णयले इटहरीबासीमा हर्षोल्लास छाएको छ । आइतबार बिहान तीन घण्टा चक्काजामको कार्यक्रम सकेर नगरपालिकामा कार्यकारी अधिकृतको कार्यकक्षमा भेला भएका नागरिक समाज उद्योग वाणिज्य संघ होटल व्यवसायी संघ दललगायतका प्रतिनिधिले एक-आपसमा बधाई साटासाट गरेका थिए ।
यता रङ्गशाला धरानमै हुनुपर्ने माग गर्दै आइतबार धरानमा दलका प्रतिनिधि नागरिक समाज विभिन्न संघसंस्थाका प्रतिनिधिले आन्तरिक राजस्व कार्यालयमा तालाबन्दी गरेका छन् ।
क्षेत्रीय रङ्गशाला इटहरीमा निर्माण हुने सार्वजनिक भएलगत्तै आपुूहरुले धरान नगरपालिका पनि अनिश्चितकालीन बन्द गरेको धरानमा क्षेत्रीय रङ्गशाला निर्माण पहल समितिका संयोजक सुवास राईले बताए ।
खेलकुदको पूर्वाधारका आधारमा क्षेत्रीय रङ्गशाला धरानमै निर्माण गरिनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद्का केही पदाधिकारीले कानुनी बाटो रोज्ने बताउन थालेका छन् । पूर्वााचलमा परिषद्को नाममा अन्य कतै जग्गा नभएको भन्दै इटहरीस्थित जुट विकासको जग्गा प्रदान गर्ने निर्णयविरुद्ध आपुूहरुले कानुनी बाटो रोज्ने परिषद्का सदस्य किशोर राईले बताए । खेलकुद मन्त्री गणेश नेपाली र सदस्य सचिव चौधरीले रातारात निर्णय गर्नु नै गलत भएको राईको भनाइ छ । परिषद्को नाममा धरान र विराटनगरमा जग्गा हुँदाहुँदै इटहरीमा जग्गा खोजिनु षड्यन्त्र भएको धरानमा गठित पहल समितिका संयोजक राईले आरोप लगाए ।
यसैबीच नेपाली कांग्रेस धरान नगर समिति र क्षेत्र नम्बर १ ले विज्ञप्ति जारी गरी खेल क्षेत्रका नेतृत्वकर्ता परिषद्का सदस्य एवं कांग्रेसका युवा नेता किशोर राईलगायत अन्य खेलप्रेमीलाई शुक्रबार प्रहरीले पक्राउ गरेकोमा भत्स्रना गरेको छ ।

No comments:

Post a Comment

अवलोकन कर्ताहरु