Thursday, July 15, 2010

हाईकू

चिल झम्टाई
झोलाको तानातान
निरीह यात्री ||१

रोगी मोटर
बिफर ला’को बाटो
बाख्रा खेदाई ||२

कानो चालक
बिजुलीको रफ़्तार
छ फिटे बाटो ||३

छ घंटे यात्रा
यमराज को दर्शन
मुटु मा ढयान्ग्रो ||४

त्यों बासी भात
बाटोको ससुराली
पैसा को नास ||५

No comments:

Post a Comment

अवलोकन कर्ताहरु